९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

हातमा बोकेको सामानबाट दैनिक खर्चको जोहो

हातमा बोकेको सामानबाट दैनिक खर्चको जोहो
अ अ+ अ-

डुम्रे । राजमार्गमा गुड्ने बसका यात्रुलाई केरा बेचेरै सुकुमाया कुमालको घरखर्च चलेको छ । पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रे बजारमा गुड्ने बसका यात्रुलाई दिनहुँ केरा बिक्री गरेर गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५९ वर्षीया कुमालको जीविकोपार्जन चलेको छ ।

उहाँ सडकमा गुडिरहेका बसको अघिपछि हातमा केरा बोकेर दौडन थालेको पनि झन्डै ४० वर्ष बित्यो । १९ वर्षको उमेरमा विवाह भएपछि उहाँले केरा बोकेर बसको पछि दौडिदै सामान बेच्न सुरु गर्नुभएको हो ।

हरेक साँझ उहाँ दिनभरिको बिक्रीबाट भएको आम्दानीको हिसाब राख्नुहुन्छ । भोलिपल्ट सबेरै बेच्नका लागि डुम्रे बजारमा पुग्न हतार हुन्छ । “सबेरै उठेर डुम्रे बजार पुग्न सके बढी बिक्री गर्न सकिने आश हुन्छ । बढी व्यापार गर्न सके दैनिक खर्च बढी जुटाउन सक्छु भन्ने आशले डुम्रे बजार आउन हतार हुन्छ”, सुकुमायाले भन्नुभयो । पालुङटारमा उत्पादन भएको केरा डुम्रे बजारमा ल्याएर बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

केरा बेचेरै उहाँले छोराछोरी हुर्काउनुभयो । छोराछोरी हुर्किसके पनि यसरी सामान बेच्न भने उहाँले छोड्नु भएको छैन । “अरू गरी खाने स्रोत केही छैन । यो उमेरमा पनि केरा बोकेर नै गुजारा टार्न खर्च जोहो गर्छु । हातखुट्टा चल्दा र सक्दासम्म यसरी नै खर्च जुटाएर गर्जो टार्छु,” सुकुमायाले भन्नुभयो, “माग्नु भएन चोर्नु भएन गरेर खान कसैले पनि रोक्दैन ।”

उनले भनिन्, “बाहिरको होइन । यही उत्पादन भएको प्राङ्गारिक केराको हाता ल्याएर बसका यात्रुलाई बिक्री गर्छौं ।” सोही ठाउँकी ५० वर्षीया देवीमाया कुमाल, ४५ वर्षीया निर्मला कुमाल पनि डुम्रे बजारमा केराको हाता बोकेर वर्षौंदेखि बसको अघिपछि दौडिदै दैनिक खर्च जोहो गर्छन् ।

दैनिक खर्चको जोहोका निम्ति सोही ठाउँकी २० वर्षीया आरती कुमाल पनि यसै पेसालाई अङ्गाल्दै आउनुभएको छ । दुई वर्षीय छोरालाई घरमा छोडेर खर्चको जोहोका लागि यस पेसामा आबद्ध भएको उहाँ बताउनुहुन्छ । सासूलगायत गाउँका आफन्ती पनि यसै पेसा गरी घर खर्च चलाउँदै आएकाले आफू यस पेसामा जोडिएको उहाँ सुनाउनुहुन्छ ।
रु पाँच सयदेखि सात सयसम्म दैनिक केरा बिक्री गर्ने गरेको उहाँहरुको भनाइ छ । एक हाता केरा रु ५० दरले बिक्री गर्ने गरेको आरती बताउनुहुन्छ । “ग्राहकले रु ३० मा माग्छन् । कम मूल्यमै बेचिन्छ कहिलेकहीँ । त्यतिबेला हामीलाई घाटा लाग्छ”, उहाँले भन्नुभयो, “दैनिक रु एक सयदेखि दुई सयसम्म बचाउन सकिन्छ ।”

घरबाट डुम्रे बजारसम्म दैनिक आउनेजाने भाडा रु दुई सय ८० र पिउने पानी, खाजा गरी रु दुई सय खर्च हुने गरेको उहाँहरुको भनाइ छ । उहाँहरुले व्यापार गरेबापत दैनिक रु ३० उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाइलाई सरसफाइ खर्च भनेर दस्तुर तिर्नुपर्छ । यस पेसामा अधिकांश भूमिहीन सुकुम्वासी संलग्न रहेको छ ।

व्यवसाय बन्द गर्ने त्रास

उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाइले हातमा बोकेर गरिने व्यापार बन्द गर्न परिपत्र गरेपछि उहाँहरु हातमुख जोर्न समस्यामा पर्नुभएको छ । ठेलामा व्यापार गर्न दिने परिपत्र प्राप्त भएको उहाँहरुको भनाइ छ । सबै हाते व्यापारीले ठेला लिन सक्ने अवस्थामा छैन । “हामीले यो काम गर्न नपाए हाम्रो चुल्होमा आगो बल्दैन । ठेला किन्न सक्ने अवस्थामा हामी छैनौँ । हामीलाई यसरी नभए पनि व्यापार गर्न दिनुपर्छ भन्ने हाम्रो माग हो,” पुरानो बिक्रेता देवीमाया कुमाल भन्नुहुन्छ । डुम्रे बजारमा केरा, पानीलगायत अन्य सामग्री हातमा बोकेर सामग्री बिक्रेता करिब ६० जना छन् । रासस