९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

पहिरो पीडित भन्छन्, ‘रातभर निद्रा लाग्दैन, पहिरोको आवाजले झस्काइरहन्छ’

पहिरो पीडित भन्छन्, ‘रातभर निद्रा लाग्दैन, पहिरोको आवाजले झस्काइरहन्छ’
फाईल फोटो
अ अ+ अ-

पाल्पा । गत असोजको २२ गते रातको करिब ३ बजेको थियो । ठूलो वेगले एक्कासि ड्याङडुङ्ग आवाज सुनेपछि बेगबहादुर पल्ली एक्कासि निद्राबाट ब्युँझिनुभयो । अँधेरी रात निद्राबाट ब्युँझिएर आँखा मिच्दै दैलो उघार्दै बाहिर निस्कँदा एक्कासि घर अगाडि ठूलो पहिरो खसेको देख्दा उहाँलाई कताकता सपनामा रहेजस्तो अनुभूति भयो ।

निस्दी गाउँपालिका–३ क्याङ्रुङस्थित डाँडाथर बस्ने बेगबहादुर लगातार ड्याङडुङ्ग आवाजले घर नै हल्लाउने गरी घर अगाडिका बारी सखापै पारेर पहिरोसँगै खसेको देखेपछि मस्त निद्रामा रहेका आफ्नो श्रीमती र छोरा लिएर गुहार माग्दै गाउँ पस्नुभयो । मीठो निद्रामा रहेको बेगबहादुरको परिवारलाई यस पटकको वर्षाले जीवनभर नमेटिने सङ्कटको अवस्था सिर्जना गरिदियो । अर्कासँग ऋण काँढेर दुःखले बनाएको घर सदाका लागि छाड्नुपर्ने अवस्थाले आफूलाई जीवनभर पीडा थपिदिएको गुनासो पोख्नुहुन्छ ।

“गाउँ नै सखापै पार्ने गरी ठूलो आवाजमा पहिरो खसेको छ, घर अगाडिका बारीमा लगाइएका कोदो, गेडागुडीसहितको सबै जमिन एकैछिन माटोमा विलीन हुन पुग्यो, घरभित्र पस्न सक्ने अवस्था छैन, अब कहाँ गएर बस्ने हो रु”, उहाँले भन्नुभयो, “कमाउने आधार केही छैन, बल्लतल्ल दुःखले बनाएको घरको ऋण तिर्न अझसम्म सकेको छैन, त्यही घर पनि पहिरोले गर्दा बस्नै नहुने भयो ।”

पहिराले बेगबहादुरको तीनजनाको परिवार बिचल्लीमा परेको छ । चार वर्षअघि ऋण खोजेर बनाएको पक्की घर पहिराको चपेटामा परेपछि उहाँको परिवारमा गाँस–बासको समस्या निम्तिएको छ । पालिकाबाट एकवटा सानो त्रिपालबाहेक अन्य राहत अहिलेसम्म केही नपाएको उहाँ बताउनुहुन्छ ।

आफूसँग भएको त्यही एउटा घर पनि पहिराको जोखिममा परेपछि उहाँलाई न दिनमा भोक न रातमा निद्रा जस्तै भएको छ । दिनभर पहिरो गएको ठाउँमा आफूले दुःख गरेर बनाएको घर र पहिराले लगेको बारी हेरेर साँझपख छिमेकीको घरमा बास बस्दै आउनुभएको छ । सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गरेर बास बस्ने व्यवस्था मिलाइदिन सम्बन्धित निकायसँग उहाँको अनुरोध छ ।

करिब तीन घण्टा लगातार पहिरो खस्दा धेरै परसम्मका जमिन ठाउँठाउँमा धाँजा फाटेका छन् भने घरका जग तथा भित्ताहरु चर्किएका छन् । युबहादुर पल्लीको घर पहिराको थरथरावटले चर्किएपछि घरबारी नै पूरै जोखिममा छ । भर्खरै नयाँ बनाएको घरसहित बारी पहिराको जोखिममा परेपछि परिवारको जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सताएको उहाँ गुनासो गर्नुहुन्छ ।

ढुङ्गा माटोबाट निर्मित सो घरमा १२ जनाको परिवार बसोबास गर्दै आएकामा अहिले घर नै छाडेर अन्यत्र बास लिनुपर्दा अप्ठ्यारो परेको छ । छिमेकीको घरमा पनि पर्याप्त बस्ने ठाउँ नहुँदा पीडितलाई थप समस्या निम्तिएको छ । युबहादुरको घरसहित करिब १० रोपनी खेतीयोग्य बारी चर्किएर हिँड्नै नहुने गरी जोखिम बढेको छ । “गाउँमा सोच्दै नसोचेको विपद् आइपरेको छ, रातभर निद्रा लाग्दैन, जतिबेला पनि पहिरो खसेको त्यस दिनको आवाज मात्रै कानमा गुञ्जिरहन्छ, हाललाई ज्यान बचाउन छिमेकीको घरमा बसोबास गरिरहेका छौँ, कतिन्जेलसम्म यसरी बस्ने हो जीवनको कुनै ठेगान छैन”, उहाँले भन्नुभयो ।

दैनिकजसो पहिरो खस्ने गर्दा आसपासका बस्तीमा पहिरो फैलने जोखिम बढेको देखिन्छ । गाउँमा पहिरो गएपछि दुई दिनसम्म लक्ष्मी माविको भवनमा आश्रय लिएर बसेको निरा सोती बताउनुहुन्छ । विद्यालय सञ्चालन भएपछि अहिले छिमेकीको घरमा परिवारसहित आश्रय लिइराख्नुभएको छ । जोखिमका बाबजुद पनि आफ्नै घरमा साँझबिहान खाना खाएर छिमेकीको घरमा राति सुत्न जाने गरेको उहाँ बताउनुहुन्छ ।

बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्ने व्यवस्था मिलाउन स्थानीय सरकारसँग पीडितको माग छ । यही असोज २२ गते बिहान करिब ३ बजेको समयमा अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका–३ स्थित क्याङ्रुङमा रहेको डाँडाथरका बस्ती तलको भागबाट पहिरो खस्दा सिङ्गो गाउँ नै पहिराको जोखिममा परेको छ । तत्कालका लागि यहाँका २८ घरपरिवारलाई बसोबासका लागि वैकल्पिक व्यवस्था मिलाउनुपर्ने देखिएको छ भने गाउँका अन्य आसपासका घरहरुमा पनि जोखिम उत्तिकै छ ।

यहाँका दुर्गाबहादुर पल्ली, नन्दबहादुर पल्ली, बेगबहादुर पल्ली, यमबहादुर पल्ली, रनबहादुर सोती, ठगबहादुर सोती, धनबहादुर सोती, प्रतापसिं सोती, बोमबहादुर सोती, खेमबहादुर सोती, मोतिराम बयम्बु, धनबहादुर बयम्बु, बलबहादुर सोती, रक्तबहादुर सोती, दलबहादुर विक, गिरप्रसाद बयम्बु, जसदेव विक, ठगबहादुर सुनार, नरबहादुर सोती, शेरबहादुर सोती, धनबहादुर सोतीको परिवार पूरै विस्थापित भएको छ । यी परिवारका सदस्य आफन्त, छिमेकी तथा विद्यालयका भवनमा बसोबास गरिरहेका छन् ।

यस्तै रिक विक, लिबहादुर सोती, लोकबहादुर सोती, पदमबहादुर सोती, ठनबहादुर सोती, रेवती सोती र तुल्सीप्रसाद सोतीको घर जोखिममा परेको छ । पहिराबाट करिब तीन सयभन्दा बढी गाउँका स्थानीय प्रत्यक्ष मारमा परेका छन् । पहिरो गएपछि पाँच घरपरिवारलाई दुई दिनसम्म लक्ष्मी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेर राखिएको थियो भने विद्यालय खुलेपछि असोज २४ गते तीन घरपरिवार छिमेकी तथा आफन्तको घरमा आश्रय लिन पुगेका छन् । बाँकी दुई घरपरिवार अझै पनि विद्यालयको भवनमा नै बसोबास गरिरहेका छन् । यहाँ रहेको एक स्थानीय क्लब भवनको आडैबाट पहिरो खस्दा जोखिममा परेको छ ।

ङनबहादुर सोतीको वर्षौंदेखि भोग चलन गर्दै आएको करिब चार रोपनी जग्गाबाटै ठूलो पहिरो गएपछि उहाँ चिन्तित हुनुुहुन्छ । बाउबाजेको पालादेखि नै उपयोग गर्दै आएको जग्गामा विभिन्न कृषि बाली राम्रै उब्जनी हुन्थ्यो । यसैबाट उहाँको परिवारको गुजारा दुःखसुखले चलेकै थियो । अहिले नाम निशाना नै पहिल्याउन नसक्ने गरी पहिराले क्षति पु¥याएको सोतीको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले अकस्मात गएको पहिराले गाउँका धेरै घर परिवारहरु विस्थापित हुन पुगेकाले पीडितको अवस्था हेरेर तत्काल समाधान गर्नुपर्ने समस्यालाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने बताउनुहुन्छ । पीडितलाई खानबस्नका लागि समस्या परेमा आवश्यक सहयोग गर्ने र वैकल्पिक बसोबासका लागि पालिकाको खर्चले धान्न नसक्ने अवस्था सिर्जना भएमा प्रदेश र सङ्घ सरकारमार्फत सहयोग माग गर्ने अध्यक्ष सारुको भनाइ छ ।

साथै यही असोज २५ गते पहिरो प्रभावित क्षेत्रको निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठ, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्याल, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक मोहन खत्री क्षेत्री, श्री दी फेमस महिन्द्र दल गणबाट जमदार बुद्धिबहादुर थापा मगर, पत्रकारसहितको टोलीले स्थलगत अवलोकन, निरीक्षण एवम् पहिरो पीडितसँग भेटघाट गरी उनीहरुको अवस्थाबारे जानकारी लिइएको छ ।

पहिरो गएको आसपासको क्षेत्रमा बसोबास गर्न नमिल्ने गरी जोखिम बढेकाले यहाँबाट बस्ती स्थानान्तरण गरेर सुरक्षित स्थानमा पीडितलाई राखिएको अनुगमन समितिका संयोजक तथा पालिका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार पालिकाले पीडितलाई घरमा भएका सामान सुरक्षित साथ राख्न त्रिपालको व्यवस्था गरेको छ ।

पहिरो पीडितको उचित व्यवस्थापनका लागि तत्काल पालिकाले नै सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउनुपर्ने र आवश्यक सहयोगका लागि प्रशासन कार्यालयले माथिल्लो निकायमा जानकारी गराउने इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्यालले बताउनुभयो । “स्थलगत रुपमा अनुगमन गर्दा पहिरो आसपासका घरहरु बढी जोखिममा परेकाले ती बस्तीलाई तत्काल अन्यत्र स्थानान्तरणको व्यवस्था गर्नुपर्ने देखिएको छ”, उहाँले भन्नुभयो, “जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयबाट पनि आवश्यक सहयोग हुनेछ ।”

पहिराको अवस्था हेर्दा डरलाग्दो र गाउँ नै पूरै जोखिममा रहेकाले प्रभावित क्षेत्रका सबै बस्ती नै अन्यत्र स्थानान्तरण गर्नुपर्ने बताउनुहुन्छ, लक्ष्मी माविका शिक्षक होम राना । गाउँमा रहेका करिब ४६ घरधुरीमध्ये हाललाई २२ घर नै अन्यत्र स्थानान्तरण गर्नुपर्ने उहाँले बताउनुभयो । उत्तरतर्फ ९पहिरो गएको तलको भाग० पर्ने पोखरीथरमा ७५ घर, माथि रहेको खलबारी टोलका ४० घरधुरीमा पहिराको असर पर्ने भएकाले विस्तारै चरणबद्ध रुपमा अन्यत्र सार्नुपर्ने अवस्था रहेको शिक्षक रानाले बताउनुभएको छ ।

यहाँ पाँच सय मिटर चौडाइ र एक हजार पाँच सय मिटर लम्बाइ पहिरो गएको स्थानीयवासीको अनुमान छ । पहिरो गएको स्थानदेखि सिधै तल बस्ती नरहेकाले मानवीय क्षति भने हुन पाएन । पहिरो प्रभावित क्षेत्रमा यहाँका स्थानीयले परापूर्वकालदेखि नै मकै, कोदो, गेडागुडी जस्ता कृषि बाली लगाउँदै आएका थिए ।

यसैगरी गाउँ नजिकै रहेको लक्ष्मी माविको भवन जोखिममा परेको छ । विद्यालयका छवटा कोठा जोखिममा परेकाले पठनपाठनमा त्रास बढेको प्रधानाध्यापक पदमबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार पुस्तकालय, बालविकास कक्षा र कक्षा १ देखि ४ सम्म अध्ययन हुने कोठा जोखिममा छन् । विद्यालयको दक्षिणतर्फको भागमा पहिरो गएकाले जोखिम मोलेर शिक्षण गर्नु परेको शिक्षकको गुनासो छ । रासस