८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

28.27°C

काठमाडौं

28.27°C

Kathmandu

Feels-like: 28.06

Wind: 4.63

Humidity: 42

Latest
सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता कूल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाई, नौ महिनामा साढे ६२ अर्ब भन्दा बढीको निर्यात शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा समुन्द्रमा चल्ने पानी जहाजमा लागू हुने नियम आन्तरिक जलमार्गमा पनि लागू हुन्छ: मन्त्री दाहाल दानव नदीमा डुबेर तीन बालक बेपत्ता तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप एक पक्राउ नैतिक पतन देखिने मुद्दामा दोषी देखिए पेन्सन दिनु हुँदैन भन्नेमा छौँः सभापति खतिवडा सुशासन र विकास सरकारको मुख्य प्राथमिकता छः प्रधानमन्त्री विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरुलाई प्रधानमन्त्रीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसन्न निर्वाचनमा दुई हजार पाँच सय २६ उम्मेदवार बुधबार, उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्ने



अ+ अ-

काठमाडौं । आसन्न प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेवारदले बुधबार नाम फिर्ता लिन सक्नेछन् । बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि आयोगले बुधबार अपराह्न १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । बिहीबार अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभातर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिलासहित दुई हजार पाँच सय २६ जनाको उम्मेदवारी परेको छ । यस्तै प्रदेशसभातर्फ तीन हजार एक सय ७८ पुरुष, दुई सय ९७ महिला र एक अन्य गरी तीन हजार चार सय ७६ जनाको उम्मेवारी परेको आयोगले जनाएको छ ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको थियो । सोही दिन बेलुका आयोगले मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरेको थियो ।रासस