१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल

बलात्कार उजुरीको हदम्याद बढाइनु अवैज्ञानिक(भिडीयोसहित)

बलात्कार उजुरीको हदम्याद बढाइनु अवैज्ञानिक(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । सरोकारवालाहरुले बलात्कारको घटनामा उजुरी दिने हदम्याद बढाइनु अवैज्ञानिक भएको धारणा राखेका छन् । ।

मंगलवार सार्वजनिक प्रतिरक्षक समाज नेपालले आयोजना गरेको ‘बालबालिका तथा विपन्न वर्गको न्यायमा पहुँचः समाजशास्त्रिय दृष्टीकोण’ विषयक अन्तरक्रियामा बोल्दै पूर्वसरकारी वकिल तथा हाल कानून विषयमा प्रध्यापनरत राम घिमिरेले बलात्कारको घटनामा हदम्याद बढाइनु अवैज्ञानिक भएको बताउनुभएको हो ।

उहाँले कसैले माग गरेको भरमा राजनीतिक तहले झुकेर हदम्याद बढाउनु नहुने तर्क गर्नुभयो । उहाँले हदम्याद क्षमता, पहुँच र अवसर नभएकाहरुका लागि हुनुपर्ने भएपनि पहुँच हुनेहरुले नै दुरुपयोग गरेको उल्लेख गर्नुभयो । हदम्याद बढाइएका कारण निश्चित मानिसहरु अन्यायमा परेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘अस्ति भर्खर हामीले देख्यौँ माईतीघरमा बोलिदिएपछि हाम्रो राजनीतिक संरचना त्यसैत्यसै झुकेर हद म्याद बढाइदियो । त्यसले के गर्ने हो त ? हदम्यादको कुरा भनेको त क्षमता नभएको, पहुँच नभएको, अवसर प्राप्त नभएकोलाई दिनलाई बोलाउने हो नि । सबै कुराहरुको उहाँले शोषण गर्नुहुन्छ । सबै कुरामा पहुँच छ । सबै कुरामा क्षमता छ । फेरि दुई वर्ष, तीन वर्ष भन्दा के प्राप्त हुन्छ त ? यसलाई वैज्ञानिक गर्नु पर्दैन ? निशर्त राखिदिने हो ? अनुसन्धान गर्ने बेलामा लिँदाखेरी त्यो कुराको साक्षि वास्तविकता के हो ?’

‘यिनी मान्छे जो मुद्दा लिएर आएका छन् । जाहेरी लिएर आएका छन् । यिनको हैसियत के हो ? समस्यामा परेका थिए कि ? भोजपुरको सीता राईको मुद्दाबाट आएको विषय हो नि त यो । नाबालिका पेट बोकेर अरबबाट फर्किएको समस्या हो नि त । तर त्यो समस्या अर्कोको पनि त्यस्तै हो कि हैन भनेर हामीले हेरेनौँ, हदम्यादै बढाइदियौँ । विषयको इन्ड हुनुपर्छ । कहिले इन्ड हुने त अब ? यस्तो खालको हामी त्यसै हामफाल्दाखेरी निश्चित प्रकारका मान्छेहरु अन्यायमा पर्न गए र मिसक्यारिज भए भन्ने कुरो यहाँ देखियो ।’

उहाँले कसैले जाहेरी लिएर आएमा पहिले जाहेरीको सत्य, तथ्य बुझेर मात्रै दर्ता गर्नुपर्ने बताउनु भयो । जाहेरी दिए बापत सजाय नहुने र पक्राउ गरिहाल्नुपर्ने भएको हुँदा झुटो जाहेरी आउने गरेको उहाँको भनाई छ ।