• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ) ★   सय दिन पुगेको अवसरमा गृह मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एक्सन एण्ड कन्ट्रोल’ रुम ★   सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्ने निर्णय आगामी मन्त्रिपरिषद्ले गर्छ: मन्त्री अधिकारी ★   पदमुक्त भए गण्डकीका मन्त्री देवकोटा ★   ३७ वर्षपछि न्युजिल्यान्ड समूह चरणबाटै बाहिरियो, टी–२० विश्वकपमा भने पहिलोपटक

रुपन्देही २ बाट विष्णु पौडेलको उम्मेदवारी दर्ता



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट मनोनयन दर्ता गर्नुभएको छ ।

पौडेलले बुटवल उपमहानगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत उद्वीर नेपालीले जानकारी दिनुभयो ।

उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै उहाँले रुपन्देहीका विकासका आयोजना पूरा गर्न र नयाँ आयोजना सुरु गर्न उम्मेदवारी दिएको बताउनुभयो । उहाँले पूर्वाधारसहित शिक्षा, स्वास्थ्य र मानवीय विकासका लागि जनताले आफूलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

यो क्षेत्रबाट पौडेलले तीन पटक निर्वाचनमा विजयी हासिल गर्नुभएको छ । यो क्षेत्रमा प्रदेशतर्फ भोजप्रसाद श्रेष्ठ र लीला गिरीले उम्मेदवारी दिनुभएको छ । रुपन्देही–२ मा एक सय ३१ मतदान केन्द्र र २३ वटा मतदानस्थल रहेका छन् ।

यो क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १३ वडा, तिलोत्तमा नगरपालिकाका छ र सैनामैना नगरपालिकाका चार वटा वडा पर्छन् । यो क्षेत्रमा एक लाख २६ हजार आठ सय सात मतदाता रहेका छन् ।