१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनमन्त्री कोइरालाको छ महिने कार्यकाल समाप्त, आजै ३ बजे पत्रकार सम्मेलन गरी पद त्याग गर्ने



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला बन्दीको कार्यकाल आजदेखि समाप्त भएको छ ।

उहाँले आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी मन्त्री पद त्याग गर्ने न्युजपोलारलाई जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवालगायत आफ्ना दलका नेताहरुलाई मन्त्री बन्दीले पद छाड्नेबारे जानकारी गराउनुभएको बताइएको छ ।

संघीय संसद्को सदस्य नभएको व्यक्ति छ महिनाका लागि मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाबमोजिम नियुक्त भएका मन्त्री कोइरालाको छ महिनाको अवधि आजदेखि समाप्त भएको हो ।

निर्वाचनको घोषणापछि सरकार काम चलाउ बनेको छ । यस्तो अवस्थामा अन्य मन्त्रीहरुसमेत अहिले संसद् सदस्य रहेका छैनन् ।

त्यसैले उहाँलाई पनि मन्त्री पद त्याग्न हतार नगर्न सुझाव दिइएको बताइएको छ । तर उहाँले मन्त्री पद त्याग गर्ने मनस्थिति बनाउनुभएको समाचार छ ।