६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनमन्त्री कोइरालाको छ महिने कार्यकाल समाप्त, आजै ३ बजे पत्रकार सम्मेलन गरी पद त्याग गर्ने



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला बन्दीको कार्यकाल आजदेखि समाप्त भएको छ ।

उहाँले आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी मन्त्री पद त्याग गर्ने न्युजपोलारलाई जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवालगायत आफ्ना दलका नेताहरुलाई मन्त्री बन्दीले पद छाड्नेबारे जानकारी गराउनुभएको बताइएको छ ।

संघीय संसद्को सदस्य नभएको व्यक्ति छ महिनाका लागि मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाबमोजिम नियुक्त भएका मन्त्री कोइरालाको छ महिनाको अवधि आजदेखि समाप्त भएको हो ।

निर्वाचनको घोषणापछि सरकार काम चलाउ बनेको छ । यस्तो अवस्थामा अन्य मन्त्रीहरुसमेत अहिले संसद् सदस्य रहेका छैनन् ।

त्यसैले उहाँलाई पनि मन्त्री पद त्याग्न हतार नगर्न सुझाव दिइएको बताइएको छ । तर उहाँले मन्त्री पद त्याग गर्ने मनस्थिति बनाउनुभएको समाचार छ ।