२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकमार्गको दर्जनौँ स्थानमा पहिरो, सयौँ यात्रु अलपत्र



अ+ अ-

ढोरपाटन । चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकम खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् ।

बुर्तिबाङ बजारदेखि छोटो तथा लामो दूरीमा सञ्चालन हुने सवारी साधानसमेत ठप्प बनेका छन् । लोकमार्गमा बिहीबारदेखि नै सवारी साधानहरु ठप्प भएका छन् भने आधा दर्जन गाडीहरु पहिरोमै फसेका छन् । पहिरामा फसेका सवारी साधन निकाल्ने प्रयास भए पनि निरन्तर वर्षा भइरहेको हुँदा निकाल्न नसकिएको बस चालक प्रकाश सेन्चुरीले बताउनुभयो ।

उहाँले आफू ३७ जना यात्रु लिएर रुकुमदेखि काठमाडौँ हिँडेको भन्दै कालापैराको पहिरामा फसेको बताउनुभयो । सेन्चुरीले दसैँ मनाएर काठमाडौँ फर्किएका यात्रु लिएर आएको बताउनुहुन्छ । “दसैँको अघिल्लो दिनदेखि परेको पानीले सडक हिलाम्मे बनाएको छ, मेरो गाडी पहिरामा फसेको दुई दिन हुन लाग्यो, ३७ जना प्यासेन्जर लिएर काठमाडौँ हिँडेको पहिरामा गाडी फसेर तनाव भयो”, उहाँले भन्नुभयो ।

रुकुमदेखि काठमाडौँ हिँड्नुभएका प्रेम पुन मगरले पहिराका कारण आफूहरु अलपत्र परेको बताउनुभयो । उहाँले सानो बजार नजिकै पहिरामा गाडी फसेपछि बास पाउनसमेत मुस्किल परेको बताउनुभयो । घर्ती भन्नुहुन्छ, “यस्तो समस्यामा परिन्छ भनेको भए त पानी बिदो भएपछि हिँड्ने थियौँ, काठमाडौँ पुग्न हतार थियो र हिँडियो, अहिले बीच बाटोमा अलपत्र परियो, यो पहिरो कहिले पन्छाएर बाटो खुलाउने हो, पानी परिरहेको छ, गाह्रो हुने भयो ।”

पहिराले सडक पूर्ण रुपमा अवरुद्ध हुँदा जिरीखोला र कालापैरा खोलाको पहिरो छेउमा सयौँको सङ्ख्यामा यात्रुहरु अलपत्र छन् । लोकमार्गको वैकल्पिक सडक पनि ठप्प हुँदा यात्रुहरु समस्या पर्नु परेको स्थानीय मनप्रसाद पौडेले बताउनुभयो । उहाँले लोकमार्गभन्दा पारिपट्टिको सडक खुलेको भए यात्रुहरु यसरी सडकमा अलपत्र पर्नुपर्ने बताउनुभयो ।

“गाउँपालिकाले पारिपट्टिको सडक सञ्चालन गर्नुपथ्र्यो, अहिले यसरी सयौँ मान्छेहरुबीच बाटोमा अलपत्र पर्नु परेको छ, पारिको सडक खुलेको भए त बुर्तिबाङ त पुग्न सक्थे नि”, उहाँले भन्नुभयो, “यो सडक खुल्ने कहिले हो, नखुल्दासम्म यात्रुहरुलाई धेरै समस्या हुने भयो, खुलाउने प्रयास त गरेका छन्, कति बेला खुल्ने हो अब रु”

बुर्तिबाङदेखि रुकुम र रुकुमदेखि काठमाडौँ, बागलुङ, पोखरा जाने गाडीहरु लोकमार्गको छेउछाउमा रोकिएका छन् भने यात्रुहरु भोकले ब्याकुल बनेका छन् । नजिक होटल तथा पसल नहुँदा आफूहरुले समस्या भोग्नु परेको यात्रु गोमा सुनारले बताउनुभयो । उहाँले पैसा भएर पनि होटल पसलहरु नजिक नहुँदा भोकै बस्नु परेको बताउनुभयो ।

“निकै समस्यामा परियो, दसैँ मानेर मात्रै पोखरा हिँडेको, पोखरामा आफन्तहरु हुनुहुन्छ, टीका लगाउन जान थालेको, हिजो दिउसोदेखि यहाँ आएर रोकिएको अहिलेसम्म यहीँ छौँ, नजिकमा होटल पसल पनि भेटिएन, भोकले मर्न लागियो, डोजरले बाटो खुलाउन त लागेको छ, यहाँ मात्रै रैनछ पहिरो धेरै ठाउँमा गएको रैछ”, सुनारले भन्नुभयो ।

निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टीकानिधि पौडेलले सडक खुलाउने प्रयास गरिरहे पनि वर्षाले गर्दा पहिरो खसिरहेको बताउनुभयो । उहाँले केही स्थानको पहिरो पन्छाए पनि अझै केही स्थानमा हटाउन बाँकी रहेको बताउनुभयो । वर्षा नरोकिँदा निरन्तर पहिरो झरिरहेको उहाँको भनाइ छ ।

“हिजोदेखि नै हामीहरुले सडक खुलाउन थालेका थियौँ, हिजो केही ठाउँमा खुलाएका थियौँ, रातभरिको वर्षाले फरि पहिरो झरेर सडक अवरुद्ध बनाएको छ, हामीहरु निरन्तर छाता ओढेर भए पनि सडक खुलाउन लागिरहेका छौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “वर्षा नै रोकिएन, यसले थप समस्या बनायो, यात्रुहरुलाई पनि निकै समस्या भएको छ, पानी रोकियो भने त सडक खुलाउन धेरै समय लाग्ने थिएन ।”

विद्यालयसहित चार घर पहिराको उच्च जोखिममा

निरन्तर वर्षाको कारण बागलुङको काठेखोलामा एक विद्यालयसहित चार घर पहिराको उच्च जोखिममा परेका छन् । काठेखोला गाउँपालिका–२ भिमापोखरास्थित जनप्रिय आधारभूत विद्यालयको सातकोठे भवन र स्थानीय शमशेर मल्ल, गणेशबहादुर थापा, डिलकुमारी हमाल र लक्षु हमालको घर पहिराको उच्च जोखिममा परेको स्थानीय गङ्गा थापा ‘भिक्षु’ले जानकारी दिनुभयो ।

पहिराले घर बगाउन थालेपछि चार परिवारलाई सुरक्षित स्थानमा सारिएको उहाँको भनाइ छ । डिलकुमारी हमाल र लक्षु हमालको घर विद्यालय भवनसँगै जोखिममा रहेको थापाले बताउनुभयो । भवनको अगाडिदेखि ठूलो पहिरो जाँदा विद्यालय जोखिममा परेको प्रधानाध्यापक नरबहादुर थापाले बताउनुभयो ।

उहाँले विद्यालय अगाडि मोटरबाटो रहेको र समय–समयमा डोजरले सडक खन्दा त्यसको थर्कोले पहिरो गएको बताउनुभयो । “स्कूल अगाडि मोटरबाटो छ, बेला–बेलामा मोटरबाटोमा डोजर चलाउँछन्, डोजरको थर्कोले यति ठूलो पहिरो गयो, पहिराले सातकोठे भवन बगाउने जोखिम बढेको छ, विद्यालयको तलपट्टि सडक निर्माण नगरेको भए अहिले यस्तो जोखिम हुने थिएन”, उहाँले भन्नुभयो । आठसम्म पढाइ हुने विद्यालयमा ८२ विद्यार्थी अध्ययनरत छन् । रासस