२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच दलीय गठबन्धनकोे बैठक बालुवाटारमा सुरु,जसपा अनुपस्थित



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा जसपाका नेताहरु भने अनुपस्थित भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादब भने नेकपा एमाले अध्यक्ष संग केही दिन यता निरन्तर छलफलमा हुनुहुन्छ । नेकपा एमालेका एक पदाधिकारीका अनुसार जसपा संग आजै साँझ सम्म सहमति हुन सक्छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेद्वारी दर्ता कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेद्वार तोक्नुपर्छ ।