१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः नेपालविरुद्ध युएईले गुमायो तेस्रो विकेट



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपाल र युएईबीचको खेल जारी छ । 

ओमानको अल अमेरात मैदानमा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

खेलमा नेपालले तीन विकेट लिएको छ । 

नेपालका लागि जितेन्द्र मुखियाले पहिलो विकेट लिएका हुन् । उनले युएईका चिराग सुरीलाई बोल्ड आउट गरे । सुरी ५ बलमा ४ रन बनाउँदै पेभिलियन फर्किए । 

यस्तै दोस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उत्कृष्ट लयमा रहेका युएईका भृत्य अरवीन्दलाई सन्दीपले आउट गराएका हुन् । अरवीन्दले २३ बलमा ४६ रन जोडे । 

नेपालका लागि तेस्रो विकेट अविनाश बोहराले लिए । उनले मुहम्मद उसमानको विकेट लिएका हुन् । उसमान २४ बलमा १७ रन जोड्दै आउट भए । 

यो समाचार तयार पार्दासम्म युएईले १६.३ ओभरमा ३ विकेटको क्षतिमा १३९ रन जोडेको छ ।