२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः नेपाललाई पाँचौं सफलता



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपाल र युएईबीचको खेल जारी छ । 

ओमानको अल अमेरात मैदानमा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

खेलमा नेपालले ५ विकेट लिएको छ । 

नेपालका लागि जितेन्द्र मुखियाले पहिलो विकेट लिएका हुन् । उनले युएईका चिराग सुरीलाई बोल्ड आउट गरे । सुरी ५ बलमा ४ रन बनाउँदै पेभिलियन फर्किए । 

यस्तै दोस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उत्कृष्ट लयमा रहेका युएईका भृत्य अरवीन्दलाई सन्दीपले आउट गराएका हुन् । अरवीन्दले २३ बलमा ४६ रन जोडे । 

नेपालका लागि तेस्रो तथा चौंथो विकेट अविनाश बोहराले लिए । उनले मुहम्मद उसमान र मुहम्मद वशीमको विकेट लिएका हुन् । उसमान २४ बलमा १७ रन जोड्दै आउट भए भने वशीम ४८ बलमा ७० रन जोड्दै आउट भए । वशीमले ४ चौका र ४ छक्का प्रहार गरे । 

यस्तै युएईको पाँचौं विकेटको रुपमा जितेन्द्र मुखियाले बसील हमीदलाई आउट गराए । हमीद ३ बलमा २ रन जोड्दै पेभिलियन फर्किए । 

यो समाचार तयार पार्दासम्म युएईले १७ ओभरमा ४ विकेटको क्षतिमा १४१ रन जोडेको छ ।