१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

विश्वकप छनोटः नेपाललाई छैटौं सफलता

विश्वकप छनोटः नेपाललाई छैटौं सफलता
अ अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपाल र युएईबीचको खेल जारी छ । 

ओमानको अल अमेरात मैदानमा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

खेलमा नेपालले ६ विकेट लिएको छ । 

नेपालका लागि जितेन्द्र मुखियाले पहिलो विकेट लिएका हुन् । उनले युएईका चिराग सुरीलाई बोल्ड आउट गरे । सुरी ५ बलमा ४ रन बनाउँदै पेभिलियन फर्किए । 

यस्तै दोस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उत्कृष्ट लयमा रहेका युएईका भृत्य अरवीन्दलाई सन्दीपले आउट गराएका हुन् । अरवीन्दले २३ बलमा ४६ रन जोडे । 

नेपालका लागि तेस्रो तथा चौंथो विकेट अविनाश बोहराले लिए । उनले मुहम्मद उसमान र मुहम्मद वशीमको विकेट लिएका हुन् । उसमान २४ बलमा १७ रन जोड्दै आउट भए भने वशीम ४८ बलमा ७० रन जोड्दै आउट भए । वशीमले ४ चौका र ४ छक्का प्रहार गरे । 

यस्तै युएईको पाँचौं विकेटको रुपमा जितेन्द्र मुखियाले बसील हमीदलाई आउट गराए । हमीद ३ बलमा २ रन जोड्दै पेभिलियन फर्किए । यस्तै छैटौं विकेट पनि जितेन्द्रले नै लिए । उनले जवर फरिदको विकेट गिराए । फरिद ४ बलमा ११ रन जोडेर आउट भए । 

यो समाचार तयार पार्दासम्म युएईले १८.१ ओभरमा ६ विकेटको क्षतिमा १५७ रन जोडेको छ ।