४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

दसैँको कोसेली स्वरूप नेपथ्यको ‘नैनताल’ सार्वजनिक- भिडियो सहित

दसैँको कोसेली स्वरूप नेपथ्यको ‘नैनताल’ सार्वजनिक- भिडियो सहित
अ+ अ-

काठमाडौं । बिसौं शताब्दीलाई सर्वाधिक प्रभावपार्ने दुवै विश्वयुद्धका गोर्खाली लडाकाहरु रणमैदानका अग्रभागमा खटिए । घरपरिवारभन्दा निकै पर अनिश्चित भविष्य बोकेर हिँड्दैगर्दा उनीहरु रंगीविरंगी सपनाहरुको संसार बनाउने काम पनि गर्थे । भय र सपना बीचको यो कल्पनाशिलताबाटै लाहुरेहरुले अनगिन्ती गीतहरु जन्माएका थिए । त्यस्ता लडाकाहरु युद्धभूमिबाट फर्किएर आउँदा अनुभव र पैसा बोकेर मात्र आएनन्, एक से एक गीतहरु पनि नेपाली समाजलाई कोसेली ल्याइदिए ।

ती कोसेली मध्येकै एउटा सिर्जना अर्थात् नेपथ्यको कान्छो प्रस्तुती अब उसको दसौं एल्बमको अन्तिम गीत बन्नपुगेको छ ।
‘नैनताल।।। नैनताल
घुमिआयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल।।। नैनताल’
आम प्रचलनमा त्यति नआएको ‘नैनताल’ लाहुरेहरुले भारतको ‘नैनीताल’लाई दिएको नाम हो भने बुलबुले भन्नाले कपालको ‘जुल्फी’ बुझिन्छ ।

यस गीतलाई नेपथ्यले आफ्नो दसौं एल्बम रेकर्ड गर्दाको क्रममा सन् २०१५ मै रेकर्ड गरिसकेको थियो । यो गीत आधिकारिक रुपमा हालसम्म सार्वजनिक नभए पनि नेपथ्यले विभिन्न मञ्चमा यसलाई प्रस्तुत गर्दैआएको छ ।

आफूसँग संकलनमा रहेको यो गीतलाई नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले थप अध्ययनसहित परिमार्जन गरेर तयार पारेका हुन् । यस क्रममा उनले थुप्रै भूतपूर्व गोर्खा, तिनका सन्तान र गाउँलेहरुसँग भेटेका थिए । यसरी तयार भएको यो गीत पहिलोपटक लण्डन सहरको ओ टु एकेडेमी ब्रिक्सटनमा सन् २०१५ मा प्रस्तुत गरिएको थियो ।

त्यो कन्सर्ट ताका गोर्खा परम्पराको इतिहासले दुई सय वर्ष टेकेको अवसर पनि जुरेको थियो । त्यसै संयोगमा नेपथ्यले सम्पूर्ण गोर्खा सैनिक परिवारलाई समर्पित गर्दै यो गीत प्रस्तुत गरेको थियो ।

‘हाम्रो लोक सँस्कृतिमा भित्रिएका लाहुरे स्वादको थुप्रै अभिव्यक्तिमध्येकै एउटा पाटो बर्णन गर्ने यो गीत पल्टनमा गएका मेरा काकाबा र मावल खलकले वर्षौदेखि गाउँदै आएका र मैले केटाकेटीदेखि सुन्दै आएको हुँ,’ अमृत भन्छन् ।

यस गीतले विशेष गरेर भारतीय गोर्खा रेजिमेन्टहरुमा उतिबेला निकै लोकप्रियता आर्जन गरेको वरिष्ठ संगीतकार विक्रम गुरुङ सुनाउछन् । लोकप्रिय आधुनिक नेपाली गीतहरुका सर्जक गुरुङ स्वयं पनि गोर्खा परिवारसँग जोडिएका व्यक्ति हुन् ।
‘नैनताल गीत मैले पहिलोपटक देहरादूनमा सुनेको थिएँ,’ सन् १९६३ ताकाको सम्झना गर्दै गुरुङ भन्छन्, ‘मेरा बाबा र परिवारसँगै म ब्यारेकमै बस्थेँ । सायद म प्राथमिक विद्यालय जाने उमेरको थिएँ । त्यसैबेला सुनेको त्यो गीतका अनेक संस्मरणहरु अहिले पनि मिठो याद बनेर मेरो सम्झनामा बसेको छ ।’

उनका अनुसार विभिन्न जमघट र समारोहमा यो गीत गाइँदा गोर्खा सिपाहीका भएभरका कम्पनीको आवाज र नृत्य एकसाथ देख्न पाइन्थ्यो । यसरी यो गीतले सिंगो माहोललाई जीवन्त पारिरहेको हुन्थ्यो । कुनै कुनै विशेष समारोहहरुमा यस गीतलाई फौजीले प्रयोगगर्ने न्याउली बाजा ९ब्यागपाइपर०को आवाजबाट प्रस्तुत गरिएको पनि गुरुङले उतिबेला देहरादूनका ब्यारेकतिरै सुनेका थिए ।

‘आज पनि कतैतिर नैनतालको धुन बज्दा मेरा पैँतालाले स्वस्फूर्त भुइँ ठोक्न थाल्छ,’ गुरुङ भन्छन्, ‘मेरो वाल्यकाललाई यस्तरी प्रभावित पारेको त्यो मिठो गीतलाई नेपथ्यले परिमार्जन गरि आम नेपाली श्रोतालाई सुनाउनलागेको जानकारी पाउँदा असाध्यै खुशी लागेको छ ।’

यस गीतले समेटेको कालखण्ड र त्यसको आस्वादलाई जीवन्तता दिने प्रयास स्वरुप यसको रेकर्डिङ पनि पुरानै प्रविधि अर्थात् ‘वन टेक रेकर्डिङ’ मार्फत् गरिएको थियो । डिजिटल रेकर्डिङ सुविधा आउनुअघिको यो प्रविधिमा गायक र वाद्यवादकले एकसाथ गाउँदा गाउँदै र बजाउँदा बजाउँदै एकैपटक रेकर्ड सम्पन्न गरिन्छ । यसरी रेकर्ड गरिने गीत तुलनात्मक रुपमा कम सफा सुनिने भएता पनि कृतिमतारहित अनि बढी जीवन्त हुने तर्क संगीतका पारखीहरु गर्छन् ।

अमृतले यस गीतलाई पुरानै शैलीले रेकर्ड गर्ने इच्छा जाहेर गर्दा आफू आश्चर्यमा परेको यसका रेकर्डिस्ट एवं ‘साउण्ड इन्जिनियर’ इमन शाह बताउँछन् । ‘अमृत दाइ र नेपथ्यको यो सोच मेरोनिम्ति अवसर र चूनौति दुवै बन्न पुग्यो,’ शाह भन्छन्, ‘ब्याण्डका सदस्य र तिनका साजहरुलाई थुप्रै माइकहरुसहित एउटै कोठामा राखेर एकैपटकमा रेकर्ड गर्नुको आफ्नै चूनौति हुन्छन् । यसको न्यूनतम आवश्यकता भनेको पूर्ण रुपमा अभ्यस्त ब्याण्ड, प्राविधिक रुपमा सम्पन्न ठूलो स्टुडियो कोठा र यस्तो कामको भावना बुझ्ने संगीतकर्मी, प्राविधिक र व्यवस्थापनको सामुहिक बुझाइ नै हो ।’

‘अहिलेका डिजिटल प्रविधिजस्तो यसको आवाज असाध्यै सफा नहोला,’ शाह थप्छन्, ‘तर, साउण्ड इन्जिनियरका रुपमा धुनसँगै ब्याण्डका साथीहरु बीचको सामिप्यलाई समेट्न सक्नुलाई मैले उल्लेख्य ठानेको छु ।’

‘रेकर्डिङको बेला सिंगो ब्याण्ड केवल मलाइ सुनाउनका निम्ति उभिएको छ र एकसाथ आइरहेका ती आवाजका साथै त्यो क्षणलाई म प्रविधिमा कैद गरिरहेको छु जस्तो भान परिरहेको थियो,’ शाहले अगाडि भने, ‘यसरी यो एल्बम प्रोजेक्टको रेकर्डिङ अनुभव मेरो जीवनकै एउटा महत्वपूर्ण क्षण बन्नपुगेको थियो ।’

यहि महत्वलाई आत्मसात गर्दै नेपथ्य ब्याण्डको प्रवद्र्धन गर्दैआएको संस्था नेपालयले यसको म्यूजिक भिडियो ‘वन टेक रेकर्डिङ’का बेला संग्रह गरिएका दृश्यलाई जोडेर तयारपारेको छ । यसमा देखिने दृश्य क्यामराका लागि अभिनय गरिएको नभइ रेकर्डिङ भइरहेकै क्षणलाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको हो ।

नेपथ्यको आधिकारिक यु ट्युब च्यानलमा प्रस्तुत गरिएको यस भिडियोसँगै यो गीत विश्वभरिका श्रोतामाझ सार्वजनिक भएको छ । यु ट्युबका साथै यो गीत र नेपथ्यका तमाम गीतहरु स्पोटिफाई, एप्पल म्यूजिक, आइ ट्युन्स, अमाजनलगायत प्रायः डिजिटल स्टोरहरुमा उपलब्ध छन् ।

‘नेपथ्यका सबैजसो लोकलयमा आधारित गीतहरु मैले गाउँबस्ती डुलेर संकलन गरेको हुँ,’ अमृत भन्छन्, ‘यो भने मेरो पारिवारिक पृष्ठभूमिबाटै आएको प्रिय संकलन भएकाले यसपाला पर्वहरुको अवसर पारेरै सौगातका रुपमा पस्केको छु ।’

यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका हुन् ।