२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र महतो सर्लाही–२ बाट लड्ने, छाडे धनुषा–३



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा सर्लाही–२ बाट उम्मेदवारी दिने भएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा धनुषाको क्षेत्र नं ३ बाट विजयी भएका उनले यसपटकको निर्वाचनमा सो क्षेत्रबाट उम्मेदवार बन्ने दाबी छाडेका छन् । अघिल्लो निर्वाचनमा मधेसी मोर्चाबाट उम्मेदवार बनेका महतोले धनुषा ३ मा नेकपा ९एमाले० को अप्रत्यक्ष सहयोग पाएका थिए ।

एमालेको अप्रत्यक्ष सहयोगमा उनले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए । निधि यो पटक प्रतिनिधिसभाको समानुपातिक तर्फ उम्मेदवार बनेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आएको परिणामले धनुषा ३ यसपटक महतोका लागि सहज देखिएको छैन । सो क्षेत्रमा एमालेले जुलीकुमारी महतोलाई उम्मेदवार बनाउने भएपछि उनले सो क्षेत्रको दावी छाडेका हुन् ।




भर्खरै