२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र महतो सर्लाही–२ बाट लड्ने, छाडे धनुषा–३



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा सर्लाही–२ बाट उम्मेदवारी दिने भएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा धनुषाको क्षेत्र नं ३ बाट विजयी भएका उनले यसपटकको निर्वाचनमा सो क्षेत्रबाट उम्मेदवार बन्ने दाबी छाडेका छन् । अघिल्लो निर्वाचनमा मधेसी मोर्चाबाट उम्मेदवार बनेका महतोले धनुषा ३ मा नेकपा ९एमाले० को अप्रत्यक्ष सहयोग पाएका थिए ।

एमालेको अप्रत्यक्ष सहयोगमा उनले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए । निधि यो पटक प्रतिनिधिसभाको समानुपातिक तर्फ उम्मेदवार बनेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आएको परिणामले धनुषा ३ यसपटक महतोका लागि सहज देखिएको छैन । सो क्षेत्रमा एमालेले जुलीकुमारी महतोलाई उम्मेदवार बनाउने भएपछि उनले सो क्षेत्रको दावी छाडेका हुन् ।