४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

नेप्सेको दशैँअघिको अन्तिम कारोबार, १६.२९ अंकले वृद्धि

नेप्सेको दशैँअघिको अन्तिम कारोबार, १६.२९ अंकले वृद्धि
symbolic picture
अ+ अ-

दशैँअघि शेयर बजार मापक नेप्सेमा हरियाली छाएको छ ।

पछिल्लो समय लगातार रुपमा घट्दै गएको नेप्से परिसूचक दुई दिनदेखि सकारात्मक गति समातेको हो । दशैँअघिको अन्तिम कारोबार दिन बिहीवार नेप्से सूचक १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा पुगेको छ ।

बिहीवार कारोबारमा आएका २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता शेयर ६३ करोड २४ लाख ७ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार ४८ करोड ५४ लाख रुपैयाँ मात्रै कारोबार भएको थियो ।

बिहीवार नेप्सेका १३ वटा उपसमूह मध्ये जीवन बीमा बाहेक सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ । बीमा उपसमूहको सूचक ०.०६ प्रतिशतले गिरावट आएको छ भने सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमूहको १.६५ प्रतिशतले बढेको छ ।

बिहीवार अभियान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको ५.७६ प्रतिशत, समिट लघुवित्तको ५.४० प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको ५.१३ प्रतिशतले बढेको छ । तर यता सामलिङ्ग पावरको शेयरमूल्य ७.९४ प्रतिशतले घटेको छ । हिमालयन पावर पार्टनरको ३।६९ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको ३.४५ प्रतिशतले घटेको छ ।

बिहीवार नबिल बैंकको सबैभन्दा धेरै २ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज अब आउँदो नौ दिनका लागि बन्द भएको छ । शेयर बजार अब आगामी २३ गतेबाट मात्रै खुल्नेछ ।