६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

इसेवाले ल्यायो ‘दशैंको उमङ्ग डिजिटल सपिङ्गसँग उपहार’ योजना, हरेक दिन उपहार जित्न सकिने



अ+ अ-

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीहरूको महान चाड दशैंको उपलक्ष्यमा ‘दशैंको उमङ्ग, डिजिटल सपिङ्गसँग’उपहार योजना सार्वजनिक गरेको छ । दशैंको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले दशैंको अवसर पारेर इसेवाले यस्तो योजना सार्वजनिक गरेको हो ।

यो योजना असोज १० गते देखिअसोज २४ गतेसम्म सञ्चालन हुनेछ । यस योजना अन्तरगत इसेवा एपमा रहेको रु एक स्किममा भाग लिइ विभिन्न आकर्षक उपहार प्राप्तगर्न सकिन्छ । इसेवा दशैं स्पेशलमा गइ रु १ मा भाग लिँदा एक जनाभाग्यशाली विजेताले काठमाडौंदेखि नयाँदिल्ली सम्मको हवाइ टिकट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी रु १ मै दुईजना भाग्यशाली विजेताले रियल मी नाइन आई फाइभ जि मोबाईल प्राप्त गर्न सक्नेछन् भने २० जनाले इसेवाको प्रिभिलेज हेल्थ इन्स्योरेन्स् प्याकेज प्राप्त गर्न सक्नेछन् । रु १ अफरमा सहभागी भइ विजेता बन्न नसकेका व्यक्तिहरुको एक रुपैयाँ फिर्ता हुनेछ ।

यसैगरि प्रयोगकर्ताले इसेवामा दशैं अफर सेग्मेन्टमा गइ विशेष छुटमा टप ब्राण्डहरु सिजि, आइएनए सेन्टर, आइटिटिआइ लगायतका ब्राण्डका मनपर्ने वस्तुहरु खरिद गर्न सकिन्छ । विशेष छुटमा रेफ्रिजेरेटर, ल्यापटप, वाशिङ्ग मेसिन, माइक्रोवेभ, इलेक्ट्रिक गिजर, हिटर, भ्याकुमक्लिनर, परफ्युम लगायत विभिन्न वस्तुहरु खरिद गरी मौकाको फाइदा उठाउन सकिनेछ ।

यसका साथै अफर अवधिभर अन्तराष्ट्रिय गन्तव्यको टिकट काट्दा एक जनाले काठमाडौं कतारको राउण्ड ट्रिप टिकट प्राप्त गर्न सक्नेछन् । यसैगरि इन्टरनेटको बिल तिर्ने प्रयोगकर्ता मध्ये मध्ये हरेक दिन एक जनाले शतप्रतिशत क्यासब्याक प्राप्तगर्नेछन् । यस्तै दराज डिस्काउन्ट भौचरमार्फत रु एक सयदेखि एक हजार एकसयसम्मको खरिद गर्दा २५० रिवार्ड पोइन्ट ,दुईसय देखि २१ सय सम्म ५ सय, ५ सय देखि ५१ सय सम्मको खरिदमा १२५० रिवार्डपोइन्ट पाउन सकिन्छ । यस अफर अन्तरगत इसेवा मार्फत क्यूआर गर्दा गोकर्ण रिसोर्टमा ५ प्रतिशत,क्लव हिमालयमा १० प्रतिशत,हाम्रो श्रृंगारमा ५ प्रतिशत,टिएस आरमोराईमा २० प्रतिशत छुट प्राप्तगर्न सकिनेछ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।