• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

राप्रपा र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूह बीच आज एकता हुदै



काठमाडौँ । विवेकशील साझा पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच आज एकता हुदैछ ।

राष्ट्रिय सभागृहमा दिउसो आयोजना हुने औपचारिक कार्यक्रममार्फत मिश्रसहितको टोली राप्रपा प्रवेश गर्न लागेका हुन् ।

साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र राप्रपामा भने वरिष्ठ उपाध्यक्ष हुने भएका छन् ।

राप्रपा स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्न लागेका मिश्र राप्रपामा पाँचौँ वरीयतामा रहनेछन् ।