• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अर्जेन्टिनाले जमैकालाई हरायो, मेसीले गरे दुई गोल



एजेन्सी । अर्जेन्टिनाले मैत्रीपूर्ण फुटबलमा सहज जित निकालेको छ ।

बुधबार भएको खेलमा अर्जेन्टिनाले जमैकालाई ३–० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा लियोनल मेसीले दुई गोल गरे भने जुलियन अल्भारेजले एक गोल गरे ।

खेलको १३ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८६ औं मिनेटमा मेसीले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको ८९ औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाए ।