६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले बंगलादेशलाई हरायो, अञ्जनको ह्याट्रिक -फोटो फिचर



अ+ अ-

काठमाडौँ । अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराएको हो ।

नेपालले पहिलो हाफमा तीन गोल गर्यो भने बङ्गलादेशलले खेलको दोस्रो हाफमा एक गोल फर्काएको थियो । नेपालको जितमा अन्जन विष्ट नायक बने । उनले नेपालका लागि ह्याट्रिक पूरा गरे । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विष्टले खेलको १८, २७ र ३८औँ मिनेटमा गोल गरे । विष्टले खेलको १८ औँ मिनेटमा नेपाललाई पहिलो अग्रता दिलाए । विमल घर्तीमगरको फ्रिकिक बललाई हेडरमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएका हुन ।

त्यस्तै खेलको २७औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । विशाल राईबाट आएको पासलाई तेज तामाङले गरेको प्रहार गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाए पनि रिबाउन्ड बललाई अन्जनले गोलमा परिणत गर्दै नेपालको अग्रता दोब्बर बनाए ।

खेलको ३८औँ मिनेटमा विकास राईको फ्रिकिक बललाई सदुपयोग गर्दै विष्टले गोल गरे । उनको यस गोलसँगै नेपालको अग्रता तेब्बर भयो भने उनले ह्याट्रिक पूरा गरे । खेलको ५५औँ मिनेटमा बङ्गलादेशका सजाद हुसेनले सान्त्वना गोल फर्काए । नेपालका खेलाडी रोहित चन्दलाई बिट गर्दै हुसेनले उपलब्ध गराएको क्रस बललाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् ।

खेलमा नेपाली टोलीका फरवार्ड विष्ट नै मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

फोटो- रत्न श्रेष्ठ /रासस