१६ श्रावण २०८३, शनिबार
,
Latest
रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भएः खगेन्द्र संग्रौला भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामग्री खरिद गर्दा समस्या भए टोल फ्री नम्बरमा जानकारी दिन कामपाको आग्रह



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री नं १६६००१००५५११ मा समयमा नै जानकारी दिन आग्रह गरिएको छ ।

महान् पर्व बडादसैँ र तिहारलाई लक्षित गरेर कामपा उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा आजदेखि बजार अनुगमन थालिएको छ । कामपाले अनुगनका लागि तीन टोली परिचालन गरेको छ । टोलीले आज प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार र त्यस क्षेत्रका मासु पसलको अनुगमन गरेको थियो । त्यसपछि खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा बिक्री कक्ष, प्रदर्शन कक्ष र भण्डार रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य वस्तुको बिक्री वितरणको अवस्था हेरिएको थियो ।

अनुगमनका क्रममा खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा म्याद गुज्रिन लागेको चामल भटिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । उहाँले कुनै पनि सामग्री खरिद समयमा केही समस्या परे कामपाको हटलाइन नम्बरमा फोन गरी गुनासो टिपाउन आग्रह गर्नुभयो ।




भर्खरै