२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौरथा लागेपछि नेप्से परिसूचकमा सुधार



symbolic picture
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ९२ अङ्कले उकालो लागेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँचमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५४ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव १४ मा पुगेको छ ।

यस्तै, कूल दुई सय २९ कम्पनीको २१ लाख सात हजार सात सय ४२ कित्ता शेयर रु ६६ करोड ३० लाख १३ हजार मूल्यमा कारोबार भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने दुई उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

नेप्सेका अनुसार कारोबार भएकामध्ये रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु दुई करोड ८५ लाख ३१ हजार चार सय ४७ बराबरको कारोबार भयो । नबिल बैंक रु दुई करोड ६१ लाख ६८ हजार एक सय १७, सानिमा माई हाइड्रोपावर रु दुई करोड २६ लाख १९ हजार पाँच सय ८९, नेष्डो समृद्धि लघुवित्त रु दुई करोड १८ लाख ४० हजार छ सय ५० र हिमालयन डिस्टिलरी रु एक करोड ७९ लाख ९८ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सामुदायिक लघुवित्त नौ दशमलव ९७, अभियान लघुवित्त छ दशमलव शून्य सात, अप्पर हेवा खोला हाइड्रोपावर कम्पनी छ दशमलव शून्य तीन, हिमालयन पावर पार्टरन पाँच दशमलव ९९ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले पाँच दशमलव ७१ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, गरिमा विकास बैंकको ऋणपत्र १०, एभरेष्ट बैंकको ऋणपत्र पाँच दशमलव ८८, समालिङ पावर चार दशमलव ६८, वेष्ट फाइनान्स कम्पनी तीन दशमलव ६४ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले तीन दशमलव ४२ प्रतिशतले गुमाएका छन् ।