४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

‘पोन्नियिन सेल्वन’का लागि कुन कलाकारले कति पारिश्रमिक लिए ?

‘पोन्नियिन सेल्वन’का लागि कुन कलाकारले कति पारिश्रमिक लिए ?
अ+ अ-

एजेन्सी । पछिल्लो दिनहरुमा बक्स अफिसमा साउथ सिनेमाको दबदबा छ । निर्माताले पनि एकपछि अर्को उत्कृष्ट फिल्म ल्याइरहेका छन् । दक्षिण भारतीय सिनेमालाई धेरै सुपरहिट फिल्म दिएका निर्देशक मणिरत्नम यतिबेला आफ्नो आगामी फिल्म ‘पोन्नियन सेल्भान’ (पिएस १) लाई लिएर चर्चामा छन् । यो चलचित्र सेप्टेम्बर ३० मा थिएटरहरूमा लाग्दैछ ।

यो मल्टिस्टार फिल्म हो, जसमा चियान विक्रम, ऐश्वर्या राय, त्रिशा, जयम रवि, कार्थी जस्ता कलाकारहरु एकसाथ देखिनेछन् । यो फिल्म निर्माण गर्न ठूलो बजेट लागेको छ । यतिमात्र नभई फिल्मका कलाकारहरुले पनि मोटो पारिश्रमिक लिएका छन् । यसै सन्दर्भमा फिल्मका स्टारकास्टले कति पारिश्रमिक लिएका छन् भन्नेबारे जानकारी लिऔँ ।

ऐश्वर्या राय


ऐश्वर्या राय लामो समयपछि फिल्म पोन्नियिन सेल्वनबाट पर्दामा कमब्याक गर्दैछिन् । जानकारी अनुसार ऐश्वर्याले ‘पीएस१’ को लागि करिब १० करोड भारु पारिश्रमिक लिएकी छिन् ।

प्रकाश राज


दिग्गज अभिनेता प्रकाश राज सिनेमाका अनुभवी कलाकार हुन् । उनले बलिउडदेखि साउथ सिनेमामा पनि आफ्नो पहिचान बनाएका छन् । उनले पीएस १ मा सुन्दर चोलाको भूमिका खेल्न करिब १ करोड रुपैयाँ लिएका छन् ।

शोभिता धूलिपाला


दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री शोभिता धुलिपाला फिल्ममा राजकुमारी कुन्दवईको भूमिका निर्वाह गर्दैछिन् । पारिश्रमिकको कुरा गर्दा अभिनेत्री शोभिताले यो फिल्मका लागि २.५ करोड पारिश्रमिक लिएको जानकारी छ ।

ऐश्वर्या लक्ष्मी


अभिनेत्री ऐश्वर्या लक्ष्मी फिल्ममा पुन्गुझालीको भूमिकामा देखिनेछिन् । जानकारीका अनुसार उनले यो फिल्मका लागि १.५ करोड लिएकी छन् ।

जयम रवि


अभिनेता जयम रवि पनि साउथ सिनेमामा सशक्त भूमिका निभाउनका लागि परिचित छन् । फिल्ममा उनी महत्वपूर्ण भूमिकामा देखिने भएका छन् तर उनको भूमिकाको बारेमा भने जानकारी आएको छैन । हाल उनले यो फिल्मका लागि ८ करोड भारु लिएको जानकारी छ ।

चियान विक्रम


साउथका कयौं सुपरहिट फिल्ममा आफ्नो क्षमता प्रमाणित गरिसकेका चियान विक्रमले यस फिल्मका लागि सबैभन्दा धेरै पारिश्रमिक लिएका छन् । यस फिल्ममा उनले करिकालनको भूमिका निर्वाह गर्न करिब १२ करोड रुपैयाँ पारिश्रमिक लिएका छन् ।

कार्थी


फिल्ममा अभिनेता कार्थीको प्रवेश निकै विशेष छ । यो फिल्ममा उनी वल्वर रायन विन्दियादेवनको भूमिकामा देखिनेछन् । यसका लागि अभिनेता कार्तीले करिब ५ करोड रुपैयाँ लिएका छन् ।