५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पोन्नियिन सेल्वन’का लागि कुन कलाकारले कति पारिश्रमिक लिए ?



अ+ अ-

एजेन्सी । पछिल्लो दिनहरुमा बक्स अफिसमा साउथ सिनेमाको दबदबा छ । निर्माताले पनि एकपछि अर्को उत्कृष्ट फिल्म ल्याइरहेका छन् । दक्षिण भारतीय सिनेमालाई धेरै सुपरहिट फिल्म दिएका निर्देशक मणिरत्नम यतिबेला आफ्नो आगामी फिल्म ‘पोन्नियन सेल्भान’ (पिएस १) लाई लिएर चर्चामा छन् । यो चलचित्र सेप्टेम्बर ३० मा थिएटरहरूमा लाग्दैछ ।

यो मल्टिस्टार फिल्म हो, जसमा चियान विक्रम, ऐश्वर्या राय, त्रिशा, जयम रवि, कार्थी जस्ता कलाकारहरु एकसाथ देखिनेछन् । यो फिल्म निर्माण गर्न ठूलो बजेट लागेको छ । यतिमात्र नभई फिल्मका कलाकारहरुले पनि मोटो पारिश्रमिक लिएका छन् । यसै सन्दर्भमा फिल्मका स्टारकास्टले कति पारिश्रमिक लिएका छन् भन्नेबारे जानकारी लिऔँ ।

ऐश्वर्या राय


ऐश्वर्या राय लामो समयपछि फिल्म पोन्नियिन सेल्वनबाट पर्दामा कमब्याक गर्दैछिन् । जानकारी अनुसार ऐश्वर्याले ‘पीएस१’ को लागि करिब १० करोड भारु पारिश्रमिक लिएकी छिन् ।

प्रकाश राज


दिग्गज अभिनेता प्रकाश राज सिनेमाका अनुभवी कलाकार हुन् । उनले बलिउडदेखि साउथ सिनेमामा पनि आफ्नो पहिचान बनाएका छन् । उनले पीएस १ मा सुन्दर चोलाको भूमिका खेल्न करिब १ करोड रुपैयाँ लिएका छन् ।

शोभिता धूलिपाला


दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री शोभिता धुलिपाला फिल्ममा राजकुमारी कुन्दवईको भूमिका निर्वाह गर्दैछिन् । पारिश्रमिकको कुरा गर्दा अभिनेत्री शोभिताले यो फिल्मका लागि २.५ करोड पारिश्रमिक लिएको जानकारी छ ।

ऐश्वर्या लक्ष्मी


अभिनेत्री ऐश्वर्या लक्ष्मी फिल्ममा पुन्गुझालीको भूमिकामा देखिनेछिन् । जानकारीका अनुसार उनले यो फिल्मका लागि १.५ करोड लिएकी छन् ।

जयम रवि


अभिनेता जयम रवि पनि साउथ सिनेमामा सशक्त भूमिका निभाउनका लागि परिचित छन् । फिल्ममा उनी महत्वपूर्ण भूमिकामा देखिने भएका छन् तर उनको भूमिकाको बारेमा भने जानकारी आएको छैन । हाल उनले यो फिल्मका लागि ८ करोड भारु लिएको जानकारी छ ।

चियान विक्रम


साउथका कयौं सुपरहिट फिल्ममा आफ्नो क्षमता प्रमाणित गरिसकेका चियान विक्रमले यस फिल्मका लागि सबैभन्दा धेरै पारिश्रमिक लिएका छन् । यस फिल्ममा उनले करिकालनको भूमिका निर्वाह गर्न करिब १२ करोड रुपैयाँ पारिश्रमिक लिएका छन् ।

कार्थी


फिल्ममा अभिनेता कार्थीको प्रवेश निकै विशेष छ । यो फिल्ममा उनी वल्वर रायन विन्दियादेवनको भूमिकामा देखिनेछन् । यसका लागि अभिनेता कार्तीले करिब ५ करोड रुपैयाँ लिएका छन् ।