१६ श्रावण २०८३, शनिबार
,
Latest
रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भएः खगेन्द्र संग्रौला भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री ट्रुडो बुधबार नेपाल आउने



अ+ अ-

काठमाडौँ । विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडोले बुधबार नेपाल भ्रमण गर्ने हुनुभएको छ ।

नेपालसहित संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिज गणतन्त्रको सेप्टेम्बर २८ देखि अक्टोबर ९ २०२२ सम्म भ्रमण गर्ने ट्रुडोले सुरुमा नेपालको भ्रमण गर्ने हुनुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

आफ्नो १२ दिने भ्रमणका क्रममा उहाँले रुस र जनवादी गणतन्त्र चीनबाट फैलाइएको गलत सूचनाको प्रतिवाद गर्ने, अफगानिस्तानका जनतालाई जारी अमेरिकी समर्थन, सामाजिक समता, मिडिया स्वतन्त्रता र जलवायु परिवर्तनका मुद्दामा द्विपक्षीय कुराकानी गर्नुहुने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणका क्रममा उहाँले सरकारी अधिकारीहरू र नागरिक समाज, विदेशी मिडिया आउटलेट र प्रेस, विद्यार्थी, पत्रकार र अमेरिकी सार्वजनिक कूटनीति खण्डहरूसँग भेट गर्ने कार्यक्रम छ ।

नेपालमा उहाँले अल्पसंख्यक समूहका अभियन्ता र मिडिया प्रतिनिधिसँग अन्तरक्रिया गर्नु हुनेछ ।




भर्खरै