८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.49

Wind: 1.03

Humidity: 78

Latest
पालिकाभित्र निजी विद्यालय बन्द, स्कुल बस प्रवेशमा पनि रोक ! प्रधानमन्त्रीको असहयोग र शिक्षकको दबाबमा बाहिरिइन् विद्या एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल शिक्षा मन्त्री विद्याले छाडिन् मन्त्री क्वार्टर, चाबहिलस्थित निजी निवास फर्किइन् नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिला पक्राउ मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

“बचत गरौं” अभियानलाई निरन्तरता दिदैै ग्लोबल आइएमई बैंकको “दुई वर्षमै मुद्दती बचत दोब्बर हुने योजना”



अ+ अ-

काठमाडौँ । “बचत गरौं” भन्ने मूल उद्देश्यका साथ विगत देखिनै ग्लोबल आइएमई बैंकले अभियान संचालन गर्दै आएको छ । यसैलाई निरन्तरता दिदैं बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको “ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना” अन्तर्गत ग्राहकको निरन्तर बचत गर्ने बानीलाई प्रोत्साहन गर्दै प्रारम्भिक रकमको १० प्रतिशत त्रैमासिक रुपमा (अन्तिम त्रैमास बाहेक) जम्मा गर्दा प्रारम्भिक रकमको दुई गुणा दुई वर्षमै प्राप्त गर्न सकिने छ । यस योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात रु १०,००० रहेको छ । कसरी हुन्छ त ग्राहकको रकम दुई वर्षमा दोब्बर उदाहरणको लागि कुनै ग्राहकले १ लाख रुपैयाँ रकम राखी “ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना” अन्तर्गत खाता खोल्दो हरेक तीन महिनामा रु १०,००० को दरले ७ पटकसम्म रकम थप्दै जानुपर्नेछ ।

यसरी रकम थप्दा २ वर्षको अवधिमा उक्त रकम दुई गुणा हुनेछ । अन्तिम त्रैमासमा भने रकम थप्न पाइने छैन । मुद्दती निक्षेपको अवधि समाप्तिमा ग्राहकले २ गुणा रकम प्राप्त गर्नेछ । यस योजनाले साना व्यवसाय गर्ने, नोकरीे एवं निश्चित आय भएकाहरुलाई निरन्तर बचत गर्ने बानी प्रोत्साहन गर्न उपयुक्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।