३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ मा नौ अभिनेत्री सम्मानित



अ+ अ-

काठमाडौँ । ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ मा नौ अभिनेत्री सम्मानित भएका छन् । काठमाडौँस्थित चलचित्र विकास बोर्डको हलमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्म्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नौ अभिनेत्रीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गर्नुभएको हो ।

चलचित्र क्षेत्रमा योगदान पुर्याएबापत अभिनेत्रीहरु भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, प्रियङ्का कार्की, पूजा शर्मा, शिल्पा पोखरेल र सुहाना थापालाई सम्मान प्रदान गरिएको हो ।

सो अवसरमा उपराष्ट्रपति पुनले सम्मानित सम्पूर्णलाई बधाई दिँदै ‘राष्ट्रिय नवदुर्गा सम्मान’ लाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यो सम्मानले तपाईंहरुको कलाकारिता अगाडि बढाउन अझै मद्दत गर्ने विश्वास मलाई छ । दसैँको सुरुआतमा नारीलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ ।”

आयोजक रेजिना इन्टरटेन्मेन्टकी अध्यक्ष अभिनेत्री रेजिना उप्रेतीले नेपाली फिल्मलाई प्रतिनिधित्व गर्ने नारीहरुलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । “उहाँहरुको कलाकारिता र योगदानलाई मूल्याङ्कन गरेर सम्मान प्रदान गरेका हौँ । यहाँ लोकप्रियताले प्रभाव पारेको छैन”, अभिनेत्री उप्रेतीले भन्नुभयो ।

सम्मानित हुनुभएकी अभिनेत्री ऋचा शर्माले आफूहरुलाई ऊर्जा मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ अग्रज भारती दिदीदेखि सुहानासम्म सम्मानित हुनुभएको छ । मलाई दायित्व थपिएको समेत महसुस भएको छ । विनाप्रतिस्पर्धा पाइने यस्ता सम्मानहरुले छुट्टै ऊर्जा मिल्छ ।”