• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

सनराइज बैंकले रक्तदान र साइकल र्याली गरी मनायो १५ औं वार्षिक उत्सव



काठमाडौँ । बैंकिङ्ग क्षेत्रमा विश्वासिलो बैंक बन्न सफल भएको सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ ।

बैंकले १५औं बार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा आश्विन ८ गते शनिवार साइकल र्याली गरेको छ । स्वच्छ वातावरण स्वस्थ जिवनू भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम गैरिधारा स्थीत सनराइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौ र ललितपुरका बिभिन्न टोल हुदै पुःन प्रधान कार्यालयमै आएर समापन भएको थियो ।

३५० जना भन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रमले वातावरण संरक्षण र स्वस्थ रुपमा जीवन बाच्न सन्देश समेल दिएको थियो । यसैगरी सनराइज बैंकले आश्विन ९ गते आइतवार रक्तदान कार्यक्रम समेत गरेको छ ।

विभिन्न सामाजिक तथा अन्य कार्यक्रमहरु गरी आफ्नो १५ औं बार्षिक उत्सव मनाइरहेको सनराइजबैकले ८ लाख भन्दा बढी ग्राहकहरुलाई १३९ वटा शाखा, ९७ वटा शाखा रहित बैंकिङ्ग, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएम वाट सेवा प्रधान गर्दै आएको छ ।