५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञहरुको टिप्पणी- कर्णालीलाई अग्र्यानिक प्रदेश बनाउने त भनियो तर काम देखिएन(भिडियोसहित)



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशसभा सदस्यहरुले आफ्नो प्रदेशलाई अग्र्यानिक प्रदेश बनाउने भन्दै केही नया प्रयासको थालनी गरेको भएपनि अन्ततः त्यस्तो नदेखिएको विज्ञहरुले विश्लेषण गरेका छन् ।

कर्णाली प्रदेशले अग्र्यानिक प्रदेश बनाउने गरेर अग्र्यानिक, कृषि, तरकारी, फलफूल बनाउने गरी वि.सं. २०७५ सालमा नै यो विधेयक ल्याएको थियो । विधेयक ल्याएपनि विधेयकमा उल्लेखित भाव अनुसार काम हुन भने सकेको देखिएन । सांस्कृतिक रुपमा पनि भिन्न पहिचान दिने प्रयासमा ल्याइएका प्राईभेट बिलहरु भने प्रदेशसभाबाट पास हुन सकेनन् ।

कर्णाली प्रदेशको संसदले आफ्नो मौलिकतामा केही अभ्यास गर्न खोजेको तथा स्थलगत अध्ययन भ्रमणमार्फत विधि निर्माणको सम्बन्धमा जनताको पहुँचलाई सुनिश्चित गर्न प्रयास गरेको देखिएपनि ती प्रयास पर्याप्त भने थिएनन् । संविधानविद खिमलाल देवकोटाले विधि निर्माणको दृष्टिकोणबाट केही भिन्न अभ्यास कर्णाली प्रदेशमा देखिएको टिप्पणी गर्नुभयो ।

झन्डै ४० प्रतिशत अनुभवी सांसदहरु रहेको कर्णाली प्रदेश सभाले आफ्नो ५ वर्षे कार्यकालमा ५३ वटा विधेयक बनाएको छ । कम जनसंख्या तथा मानव विकास सूचकाङ्कमा सबैभन्दा कमजोर रहेको कर्णाली प्रदेशसभामा पुराना, एकपटक संघीय संसदमा काम गरिसकेका सांसदहरुको बाहुल्य भएका कारण पनि कानून निर्माण प्रक्रियालाई प्रदेशसभाले जनमुखी बनाउने अभ्यास गरेको देखिन्छ ।

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कानून निर्माण प्रक्रियामा आफूहरु पृथक रहेको बताउनु भयो । उहाँले अग्र्यानिक प्रदेश बनाउने गरी आफूले केही नयाँ संसदीय अभ्यास गरेको दाबी गर्नुभएको छ । विशेष गरेर संसदलाई पारदर्शी बनाउने सवालमा आफुले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनु भयो ।

संविधानविद् देवकोटाले भौगोलिक विविधता रहेको कारण पनि कर्णाली प्रदेशमा बजेट विनियोजन गर्ने विषय नै मुख्य चुनौतीको रुपमा देखापरेको टिप्पणी गर्नुभयो ।

उहाँ भन्नुभयो “अर्थ विधेयक सरकारले मात्रै प्रश्तुत गर्छ । त्यसकारण गैरसरकारी विधेयकमा धेरै आर्थिक व्ययभार पर्ने, त्यो आर्थिक व्ययभारलाई सरकारले ओन गर्न नसक्ने, तर प्राइभेट मेम्बर बिल दर्ता भइसकेपछि त्यसलाई किन छलफल नगर्ने भन्ने एउटा खालको टसल देख्छु । दोस्रो टसल त्यहाँको जियोग्राफिकल अवस्था पनि कस्तो हो भने नाम कर्णाली राजधानी सुर्खेत, दुईवटा सभ्यता हो त्यहाँ । सुर्खेत सुगम ठाउँ हो, कर्णाली विकट ठाउँ हो ।’

‘दुई वटामा कम्परमाइज गरेर त्यहाँ राखेको हो । पूरै ५ वर्षको अवधि कसरी केन्द्रित भएको देखियो भने बजेट कहाँ केन्द्रित गर्ने भन्नेमा केन्द्रित भएको देखियो । कर्णालीमा केन्द्रित गर्ने की सुर्खेतमा केन्द्रित गर्ने ? राजधानी भएको ठाउँमा कि बाहिर केन्द्रित गर्ने रु जुनकुरा त्यति बेला पनि डिबेटमा थियो । सँगै सिंजा सभ्यताको कुरा गर्ने की, सुर्खेत सभ्यताको कुरा गर्नेपनि होला सायद । सिंजा सभ्यताको कुरा गर्दा बजेट त उता डोहोरिन्छ भन्ने चिन्ता सुर्खेतका निम्ति लाग्यो होला ।’

‘सुर्खेतमा इन्फास्ट्रक्चर तयार भएको नै छ । सिञ्जामा गर्नुपर्छ भन्ने जुम्लाको लाग्यो होला । यो खालको मनोविज्ञानले काम गरेको म देख्छु । सभामुख भएकै कारणले तटस्थताको भुमिका निर्वाह गर्नुपर्ने कारणले पार्टी गतिविधिमा संलग्न नभएपनि पार्टीको अनुशासन अप्रत्यक्ष रुपमा पार्टी अनुशासन भन्दा बाहिर जानसक्ने अवस्था अरुको पनि थिएन, उहाँको पनि थिएन । त्यसैले पार्टी नियन्त्रण संसद भएको हुँदा त्यसको छायाँ त्यहाँ पनि पर्न पुग्यो भन्ने मलाई लाग्छ । व्यक्तिगत सभामुखले आफ्नो प्रयत्नलाई जारी राख्नुभएको, प्रयत्न गर्नुभएको हो । ”

सभा सञ्चालन तथा विधि र प्रक्रियाका बारे सभामुखले बढी नै चासो दिने गरेको बुझाई देवकोटाको छ ।