५ श्रावण २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो दुई महिनामा आयात तीन खर्बभन्दा बढी



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो दुई महिनामा नेपालको कुल आयात रु तीन खर्बभन्दा बढी भएको छ । चालु आवको पहिलो महिना साउनमा कुल आयात रु एक खर्ब ३१ अर्ब भएकामा भदौ महिनामा बढेर रु एक खर्ब ८३ अर्ब पुगेको छ । दशैँका कारण भदौ महिनामा आयातमा वृद्धि भएको बताइएको छ ।

समीक्षा अवधिमा सबैभन्दा धेरै रु १८ अर्ब ४२ करोडको डिजल आयात भएको छ। यो अवधिमा पेट्रोल १२ अर्ब १८ करोड र ग्यास १० अर्बको आयात भएको छ।

त्यसैगरी फलामजन्य वस्तु १३ अर्ब ४५ करोडको आयात भएको भने यस्तै पाम तेल छ अर्ब ३२ करोडको आयात भएको छ । यस अवधिमा सोयाबिन तेल छ अर्ब ४४ लाखको आयात भएको छ।

चालु आवको पहिलो दुई महिनामा भएको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने १३ प्रतिशतले कम हो ।

यस अवधिमा निर्यातमा भने व्यापक गिरावट आएको छ । साउन र भदौ महिनामा कुल २८ अर्ब ६८ करोडको मात्र निर्यात भएको छ । गत वर्षको यसै अवधिमा कुल ४४ अर्बको निर्यात भएको थियो । निर्यात गत वर्षको तुलनामा ३४ प्रतिशतले कम भएको छ । समीक्षा अवधिमा नेपालको व्यापार घाटा रु दुई खर्ब ४४ करोड ९१ लाख पुगेको छ ।

नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.५१ प्रतिशत र निर्यातको हिस्सा ९.४९ प्रतिशत रहेको छ ।