२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध लागुऔषधसहित ६ जना पक्राउ(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आईतवार नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । सार्वजनिक हुनेमा लागु औषध खैरो हेरोईनतर्फ २ जना, नियन्त्रित लागु औषध एम्पुलतर्फ ३ जना र लागु औषध एम्पुल बससहित अन्य एकजना छन् ।

पक्राउ पर्नेमा भदौ २१ गते ललितपुरको महालक्ष्मीस्थानबाट ईलामका २४ वर्षीय सुजन हेल्मू र भदौ २१ गते नै इलामकै सञ्जिव राईलाई पक्राउ गरेको थियो । त्यस्तै भदौ २४ गते ललितपुरको थसीखेलबाट बा ५ च ७१३८ नम्बरको बोलेरो पिक अप भ्यान र लुकाएको अवस्थामा लागु औषध बुप्रेनोर्फिन ३३४ एम्पुल, डाइजेपाम ३३३ एम्पुल र फेनारगन ३३३ एम्पुल बरामद गरिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताउनु भयो ।

लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं सूचना अधिकारीसमेत रहनुभएका खड्काले लागु औषध एम्पुलसहित पक्राउ परेका अर्जुन ढकालसँग अनुसन्धान गर्दै जाँदा लागु औषध एम्पुल कारोबारमा संलग्न न्यु एञ्जल कम्पनीको प्रदेश ०२ ०३ ००१ ख ३६२८ नम्बरको भाडाको बसका सहचालक बारको कलैयाका २१ वर्षका अजय महतो र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका वर्ष ४४ का रामबहादुर तिमिल्सनालाई भदौ २६ गते पक्राउ गरेको बताउनु भयो । बसभित्रबाट लागु औषध ब्रुपेनोर्फिन २७६६ एम्पुल, डाईजेपाम एम्पुल र उक्त बस समेत बरामद गरेको बताउनु भयो ।

 

उहाँले फरार प्रतिवादी जिल्ला इलामका सन्तोष तामाङलाई पनि पक्राउ गरी भदौ २१ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरेको बताउनु भयो । उहाँले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट थप १ किलो ३३० ग्राम लागु औषध गाँजा बरामद गरिएको पनि जानकारी दिनुभयो ।

उहाँले गोश्वारा हुलाक कार्यालयमा अमेरिकाबाट आएको ३ किलो ७० ग्राम लागु औषध गाँजा लुकाएको पार्सल रिसिभ गरी लैजाने क्रममा काभ्रेपलाञ्चोक मण्डनदेउपुरका २८ वर्षका मनोज राई र अनुसन्धानका क्रममा काठमाडौं नक्सालका वर्ष ३० का अंकितकुमार श्रेष्ठ र ऐ। वडा नम्बर १७ खुसीबु ठेगाना भएका वर्ष ३० का राहुल क्षेत्रीलाई पक्राउ गरिएको बताउनु भयो ।

उहाँले बरामद लागु औषधको बजार मूल्य ३१ लाख ५ हजार ८१० रहेको बताउनु भयो । उपत्यका लागु औषध खैरो हेरोइन तथा नियन्त्रित लागु औषध समेतको अवैध कारोबार भइरहेको सूचनाका आधारमा ब्यरोले ६ जनालाई लागुऔषधसहति पक्राउ गरेको हो ।




भर्खरै