११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जवान’ले कमायो रिलिज हुनुअघि नै २५० करोड



अ+ अ-

एजेन्सी । बलिउडका सुपरस्टार शाहरुख खानलाई ठूलो पर्दामा देख्नका लागि फ्यानहरू उत्सुकताका साथ प्रतिक्षामा छन् । यस्तो अवस्थामा उनी आफ्ना फ्यानहरूलाई निराश हुने कुनै मौका दिन चाहँदैनन् । शाहरुख आगामी वर्ष अर्थात् २०२३ मा तीनवटा फिल्म लिएर कमब्याक गर्न लागेका छन् ।

अर्को वर्ष शाहरुखका तीन ठूला फिल्म रिलिज हुँदैछन् । यी मध्ये एक हो एक्सन प्याक फिल्म ‘जवान’, जसलाई साउथ निर्देशक एटलीले निर्देशन गर्दैछन् । शाहरुखलाई पर्दामा हेर्न मानिसहरु यति आतुर छन् कि अर्को वर्ष रिलिज हुन लागेको फिल्म ‘जवान’को चर्चा सुरु भइसकेको छ ।

अब ‘जवान’को ओटीटी र स्याटेलाइट अधिकारसँग सम्बन्धित नयाँ अपडेट आउँदैछ । भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्मको ओटीटी र स्याटेलाइट अधिकार ठूलो रकममा बेचिएको छ । फिल्मको ओटीटी अधिकार ‘नेटफ्लिक्स’सँग भए पनि यसको स्याटेलाइट अधिकार ‘जीटीभी’ले किनेको छ । एक ट्विटर ह्यान्डलले ‘जवान’ को स्याटेलाइट र ओटीटी अधिकार करिब २५० करोडमा बेचेको दाबी गरेको छ ।

‘जवान’ मा शाहरुख खानसँग नयनतारा, सुनील ग्रोवर, विजय सेतुपति र सान्या मल्होत्रा ​​देखिने भएका छन् । चलचित्र रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा बनेको हो । फिल्म अर्को वर्ष जुन २ मा हलमा रिलिज हुनेछ । यस फिल्ममा शाहरुख खान डबल रोलमा देखिनेछन् । ‘जवान’को लेखन तथा निर्देशन एटलीले गरेका हुन् ।