१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीबाट गण्डकीमा २३ जना उम्मेदवार सिफारिस



file
अ+ अ-

कास्की । आसन्न निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशबाट २३ जना उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि १८ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले २३ जना उम्मेदवार सिफारिस गरेको हो ।

प्रदेश सभापति डा ढाकाकुमार श्रेष्ठको अनुसार १८ वटा निर्वाचन क्षेत्र मध्ये १४ वटा क्षेत्रमा ११ जना सिफारिस भएको र ४ वटा क्षेत्रमा एकभन्दा बढीको नाम पठाइएको छ । ४ वटा निर्वाचन क्षेत्रमा भने सहमति हुन सकेको छैन ।

सिफारिस हुनेमा मुस्ताङबाट सुदेश गुरुङ,  मनाङबाट मुखिया गुरुङ, तनहुँ -१ बाट डा. शेषरमण न्यौपाने, तनहुँ -२ बाट विजय जोशी रहेका छन् ।

त्यस्तै ,लमजुङबाट धर्म केसी,म्याग्दीबाट हरि केसी, स्याङ्जा- १ बाट बोधराज रेग्मी, स्याङ्जा- २ बाट टीकाराज गुरुङ, बागलुङ- १ बाट ई. खिमानन्द कँडेल, बागलुङ- २ तिला खत्री रहेका छन् ।

त्यसैगरी ,कास्की -१ बाट राजु राई र कमल लामिछाने, कास्की- २बाट माधवप्रसाद कँडेल,कास्की- ३ बाट योगराज पौडेल, पर्वतबाट जलबहादुर पुर्जा पुन र सन्तोष रेग्मी, नवलपुर- १बाट ध्रुवजंग थापा, राजन गौतम र परशुराम भुषाल, नवलपुर- २ बाट शालिकराम न्यौपाने,गोरखा- १ बाट सुवर्ण रोकाहा र गोरखा- २ बाट कविन्द्र बुर्लाकोटी र बाबुराम मरहठ्ठा गरी जम्मा २३ जना उम्मेदवार सिफारिस भएका छन् ।