५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीबाट गण्डकीमा २३ जना उम्मेदवार सिफारिस



file
अ+ अ-

कास्की । आसन्न निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशबाट २३ जना उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि १८ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले २३ जना उम्मेदवार सिफारिस गरेको हो ।

प्रदेश सभापति डा ढाकाकुमार श्रेष्ठको अनुसार १८ वटा निर्वाचन क्षेत्र मध्ये १४ वटा क्षेत्रमा ११ जना सिफारिस भएको र ४ वटा क्षेत्रमा एकभन्दा बढीको नाम पठाइएको छ । ४ वटा निर्वाचन क्षेत्रमा भने सहमति हुन सकेको छैन ।

सिफारिस हुनेमा मुस्ताङबाट सुदेश गुरुङ,  मनाङबाट मुखिया गुरुङ, तनहुँ -१ बाट डा. शेषरमण न्यौपाने, तनहुँ -२ बाट विजय जोशी रहेका छन् ।

त्यस्तै ,लमजुङबाट धर्म केसी,म्याग्दीबाट हरि केसी, स्याङ्जा- १ बाट बोधराज रेग्मी, स्याङ्जा- २ बाट टीकाराज गुरुङ, बागलुङ- १ बाट ई. खिमानन्द कँडेल, बागलुङ- २ तिला खत्री रहेका छन् ।

त्यसैगरी ,कास्की -१ बाट राजु राई र कमल लामिछाने, कास्की- २बाट माधवप्रसाद कँडेल,कास्की- ३ बाट योगराज पौडेल, पर्वतबाट जलबहादुर पुर्जा पुन र सन्तोष रेग्मी, नवलपुर- १बाट ध्रुवजंग थापा, राजन गौतम र परशुराम भुषाल, नवलपुर- २ बाट शालिकराम न्यौपाने,गोरखा- १ बाट सुवर्ण रोकाहा र गोरखा- २ बाट कविन्द्र बुर्लाकोटी र बाबुराम मरहठ्ठा गरी जम्मा २३ जना उम्मेदवार सिफारिस भएका छन् ।




भर्खरै