९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै

भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै
अ अ+ अ-

बाँके। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले पाँच लाख ६० हजार सहयोग गर्ने निर्णय गरेको छ।

सङ्घका नवनिर्वाचित अध्यक्ष चिरन्जीवी ओलीले रसुवा र नुवाकोटका बाढीपीडितका लागि सङ्घका नवनिर्वाचित पदाधिकारी र कर्मचारीहरूबाट रु पाँच लाख ६० हजार संकलन गरिएको जानकारी दिए।

उनले बाढीपीडितलाई सहयोग गर्नु तत्कालको पहिलो दायित्व भएको जनाउँदै नवनिर्वाचित पदाधिकारीबाट संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने बताए।

नौबस्ता कैदी बन्दीको सहयोग

यसैबिच बाँकेको नौबस्ता कारागारमा रहेका ४६६ जना कैदीबन्दीले ४९ हजार ५१० सहयोग गरेका छन् ।

कारागारको ‘बी’ ब्लकमा रहेका कैदीबन्दीले स्वैच्छिक रूपमा रकम सङ्कलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। विपत्को समयमा आफूहरू पनि प्रभावित नागरिकको पीडामा साथ दिन चाहेको भन्दै बन्दीले व्यक्तिगत रूपमा प्राप्त हुने खर्चबाट रकम छुट्याएर सहयोग गरेको कारागार प्रशासनले जनाएको छ ।

नौबस्ता कारागारका निमित्त प्रमुख ज्ञानबहादुर ओलीले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बन्दीले स्वैच्छिक रूपमा रकम संकलन गरेको बताउनुभयो।

सो रकम संकलन गर्नुअघि बन्दीले बाढीमा परी ज्यान गुमाउनेप्रति सामूहिक रूपमा श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको उनले जानकारी दिए।