२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओहायो इन्ट्रा कप फुटबल– एफसी युनाइटेड फाइनलमा



अ+ अ-

काठमाडौँ । अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

प्रवासका नेपालीभाषीहरूको सबैभन्दा ठूलो मानिएको इन्ट्रा कप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट युवातर्फ चुके फुटबल क्लब भर्सेस कोलम्बस स्टार सेमिफाइनलमा पुगेको छ । त्यसैगरी भेट्रानतर्फ(३५ वर्षमाथिका पुरुष समूह)को खेलमा कोलम्बस इन्ट्रा भेट्रान्स क्लब र इन्ट्रा फुटबल क्लब सिनसिनाटी फाइनलमा पुगेको छ ।

प्रतियोगिता आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका संयोजक राम थापाका अनुसार महिलातर्फ कोलम्बस स्टार फुटबल क्लब र एनडी साइनिङ स्टार फाइनलमा प्रवेश गरेको छ । लिग र नकआउटका माध्यमबाट यसअघि महिलातर्फ सिन्सी रेबल्स फुटबल क्लब भर्सेस कोलम्बस स्टार, वारियर फुटबल क्लब भर्सेस एनडी साइनिङ स्टारबीच प्रतिस्पर्धा भएको थियो ।

युवा, भेट्रान पुरुष र महिलातर्फका सबै फाइनल खेल अमेरिकी समयअनुसार आइतबार हुनेछन् । यसअघि युवातर्फ युनिक ब्वाइज भर्सेस रोयल एफसी, मिसिगन एफसी भर्सेस एफसी युनाइटेड, टिमाई स्क्वाड भर्सेस केन्टकी एफी, कोलम्बस स्टार भर्सेस आइएन क्रिष्ट युनाइटेड, साङ्ग्रिला युथ भर्सेस इन्ट्रा फुटबल क्लब र भर्मन्ट भर्सेस हङ्ग्री एफसीबीच प्रतिस्पर्धा भएको थियो ।

यसैगरी भेट्रान्सतर्फ एक्रोन भेट्रान्स क्लब भर्सेस कोलम्बस भेट्रान्स क्लब, सिन्सिनाटी इन्ट्रा भेट्रान्स भर्सेस हिल सिटी भेट्रान्स, ह्यारिसवर्ग भेट्रान्स क्लब भर्सेस सिन्सिनाटी याले भेट्रान्स, मिनिसोटा भेट्रान्स भर्सेस ह्यारिस्बर्ग भेट्रान्सबीच प्रतिस्पर्धा भएको थियो ।

फाउण्डेशनका प्रवक्ता केशव आचार्यका अनुसार युवा टिमका विजेतका लागि सर्वाधिक १५ हजार अमेरिकी डलर (करिब रु १९ लाख ४० हजार नेपाली) पुरस्कार राखिएको छ । त्यसैगरी उपविजेतालाई आठ हजार अमेरिकी डलर पुरस्कार राखिएको छ । महिलातर्फ प्रथम हुनेले सात हजार पाँच सय र दोस्रो हुनेलाई पाँच हजार अमेरिकी डलर तथा भेट्रानतर्फ प्रथम हुनेलाई आठ हजार, दोस्रो हुनेलाई छ हजार र तेस्रो हुनेलाई दुई हजार पाँच सय अमेरिकी डलर पुरस्कार राखिएको छ ।रासस