२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओहायो इन्ट्रा कप फुटबल– एफसी युनाइटेड फाइनलमा



अ+ अ-

काठमाडौँ । अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

प्रवासका नेपालीभाषीहरूको सबैभन्दा ठूलो मानिएको इन्ट्रा कप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट युवातर्फ चुके फुटबल क्लब भर्सेस कोलम्बस स्टार सेमिफाइनलमा पुगेको छ । त्यसैगरी भेट्रानतर्फ(३५ वर्षमाथिका पुरुष समूह)को खेलमा कोलम्बस इन्ट्रा भेट्रान्स क्लब र इन्ट्रा फुटबल क्लब सिनसिनाटी फाइनलमा पुगेको छ ।

प्रतियोगिता आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका संयोजक राम थापाका अनुसार महिलातर्फ कोलम्बस स्टार फुटबल क्लब र एनडी साइनिङ स्टार फाइनलमा प्रवेश गरेको छ । लिग र नकआउटका माध्यमबाट यसअघि महिलातर्फ सिन्सी रेबल्स फुटबल क्लब भर्सेस कोलम्बस स्टार, वारियर फुटबल क्लब भर्सेस एनडी साइनिङ स्टारबीच प्रतिस्पर्धा भएको थियो ।

युवा, भेट्रान पुरुष र महिलातर्फका सबै फाइनल खेल अमेरिकी समयअनुसार आइतबार हुनेछन् । यसअघि युवातर्फ युनिक ब्वाइज भर्सेस रोयल एफसी, मिसिगन एफसी भर्सेस एफसी युनाइटेड, टिमाई स्क्वाड भर्सेस केन्टकी एफी, कोलम्बस स्टार भर्सेस आइएन क्रिष्ट युनाइटेड, साङ्ग्रिला युथ भर्सेस इन्ट्रा फुटबल क्लब र भर्मन्ट भर्सेस हङ्ग्री एफसीबीच प्रतिस्पर्धा भएको थियो ।

यसैगरी भेट्रान्सतर्फ एक्रोन भेट्रान्स क्लब भर्सेस कोलम्बस भेट्रान्स क्लब, सिन्सिनाटी इन्ट्रा भेट्रान्स भर्सेस हिल सिटी भेट्रान्स, ह्यारिसवर्ग भेट्रान्स क्लब भर्सेस सिन्सिनाटी याले भेट्रान्स, मिनिसोटा भेट्रान्स भर्सेस ह्यारिस्बर्ग भेट्रान्सबीच प्रतिस्पर्धा भएको थियो ।

फाउण्डेशनका प्रवक्ता केशव आचार्यका अनुसार युवा टिमका विजेतका लागि सर्वाधिक १५ हजार अमेरिकी डलर (करिब रु १९ लाख ४० हजार नेपाली) पुरस्कार राखिएको छ । त्यसैगरी उपविजेतालाई आठ हजार अमेरिकी डलर पुरस्कार राखिएको छ । महिलातर्फ प्रथम हुनेले सात हजार पाँच सय र दोस्रो हुनेलाई पाँच हजार अमेरिकी डलर तथा भेट्रानतर्फ प्रथम हुनेलाई आठ हजार, दोस्रो हुनेलाई छ हजार र तेस्रो हुनेलाई दुई हजार पाँच सय अमेरिकी डलर पुरस्कार राखिएको छ ।रासस