• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

काठमाडाैँ क्षेत्र नं. २ मा कृषिविद् धनेज थापा बने विवेकशील साझा पार्टीको उमेदवार



काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडोैँ क्षेत्र नं.२ मा कृषिविद् धनेज थापालाई उमेदवारी प्रस्तुत गरेको छ।

आज काठमाडोैँ क्षेत्र नं. २ मा आयोजित एक कार्यक्रमकावीच पार्टीका युवा नेता थापालाई उमेदवार घोषणा गरेको हो।

धनेज थापा पि.एच.डी.स्कलर हुन। लामो समय देखि भूमि, कृषि, जलवायु अनुकुलनर विपद जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका थापाले आफ्नो क्षेत्रमा उच्च छवि बनाएका छन।

पछिल्लो समय थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताको रुपमा समेत नीतिगत योगदान पुर्याएका छन।

विभिन्न संघ संस्थामा आबद्ध थापाले समाजसेवा तथा परोपकारका क्षेत्रमा उल्लेख्य काम गरेका छन।

आज काठमाडौँ क्षेत्र नं. २ का अगुवा, समाजसेवी, पार्टीका नेताहरु,व्यवसायी, प्रतिष्ठित नागरिक र सर्वसाधारणहरुको उपस्थितिमा उनको उमेदवारी अनुमोदन गरिएको हो।