२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडाैँ क्षेत्र नं. २ मा कृषिविद् धनेज थापा बने विवेकशील साझा पार्टीको उमेदवार



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडोैँ क्षेत्र नं.२ मा कृषिविद् धनेज थापालाई उमेदवारी प्रस्तुत गरेको छ।

आज काठमाडोैँ क्षेत्र नं. २ मा आयोजित एक कार्यक्रमकावीच पार्टीका युवा नेता थापालाई उमेदवार घोषणा गरेको हो।

धनेज थापा पि.एच.डी.स्कलर हुन। लामो समय देखि भूमि, कृषि, जलवायु अनुकुलनर विपद जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका थापाले आफ्नो क्षेत्रमा उच्च छवि बनाएका छन।

पछिल्लो समय थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताको रुपमा समेत नीतिगत योगदान पुर्याएका छन।

विभिन्न संघ संस्थामा आबद्ध थापाले समाजसेवा तथा परोपकारका क्षेत्रमा उल्लेख्य काम गरेका छन।

आज काठमाडौँ क्षेत्र नं. २ का अगुवा, समाजसेवी, पार्टीका नेताहरु,व्यवसायी, प्रतिष्ठित नागरिक र सर्वसाधारणहरुको उपस्थितिमा उनको उमेदवारी अनुमोदन गरिएको हो।