९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

फेरियो अल्पसङ्ख्यक सुनाहा जातिको जीवनशैली

फेरियो अल्पसङ्ख्यक सुनाहा जातिको जीवनशैली
अ अ+ अ-

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीका युवा कालुसिंह सुनाहालाई आफ्ना अग्रजले नदीमा सुन छानेको स्मरण छैन ।

महाकाली नदी छेउको सुनाहा बस्तीमा हुर्केका कालुसिंह आफ्ना अग्रजले महाकाली नदीमा न सुन छानेको देख्नुभयो न त माछा मारेर घरपरिवार चलाएको सम्झना छ । महाकाली नदीमा सुन छान्ने र माछा मारेर जीविकोपार्जन गर्ने यो समुदायको जीवनशैली पछिल्लो समय फेरिँदै गएको छ ।

अल्पसङ्ख्यक जातिका रुपमा रहेको सुनाहा समुदायले पछिल्लो समय नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गर्ने गरेका छन् । भीमदत्त नगरपालिकाको वाड नं. १२ र १३ मा ७५ परिवार अल्पसङ्ख्यक सुनाहा जाति बसोबास गर्दै आएका छन् ।

पछिल्लो समय पुख्र्यौली पेसा लोप हुँदै गएपछि विकल्पका रुपमा यो समुदायले महाकाली नदीमा गिट्टी, बालुवा छानेर जीविकोपार्जन गरिरहेको स्थानीय युवा कालुसिंह बताउनुभयो । “अग्रजको जस्तो नदीमा गएर सुन छान्न आउँदै त्यो सीप हामीले सिकेका छैनौँ”, उहाँले भन्नुभयो, “अहिले महाकाली नदीमा गिट्टी, बालुवा छानेर गुजारा गरिरहेका छौँ ।” उहाँले सुनाहा जाति अल्पसङ्ख्यक भएकाले अरू जातिको जस्तै कोटा हुनुपर्ने बताउनुभयो ।

“आर्थिक समस्याका कारण शिक्षा, स्वास्थ्य लगायतका सेवासुविधाबाट समेत वञ्चित हुनुपरेको छ”, उहाँले भन्नुभयो, “हाम्रा छोराछोरीलाई पठनपाठन निःशुल्क हुनुपर्छ अरू जाति जस्तै हाम्रो जातिको पनि कोटा हुनुपर्छ ।” उहाँले दलित, राउटे रानाथारू जातिका लागि राज्यले सबै क्षेत्रमा कोटा र सुविधा दिएको तर आफ्नो अल्पसङ्ख्यकका लागि कुनै सेवासुविधा नभएको गुनासो गर्नुभयो ।

सोनाहा जातिको पुख्र्यौली पेसा पछिल्लो पुस्ताले अनुसरण नगरेपछि नदीमा सुन छान्ने पेसा हराउँदै गएको ७० वर्षीया उमरेसी सुनाहाले बताउनुभयो । “उति बेलाका पुर्खाहरुले नदीमा सुन छान्ने र माछा मारेर दैनिकी चलाउँथे”, उहाँले भन्नुभयो, “त्यसपछिको पुस्ताले नदीमा सुन छान्न सिकेन अहिले नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गरिरहेका छन ।” उहाँले अहिलेको पुस्ताले सुन छान्ने पेसाको विकल्प खोजिरहेको बताउनुभयो ।

अर्का स्थानीय घनश्याम सुनाहा घर बनाउने काम गर्नुहुन्छ । उहाँले पुख्र्यौली पेसाको विकल्पका रुपमा घर निर्माण गर्ने गरेको बताउनुभयो । “हाम्रा पुर्खाले नदीमा सुन छानेको देखेका पनि छैनौँ ।” उहाँले भन्नुभयो, “अहिले दैनिक मजदुरी खेतीपाती गरेर जीवन निर्वाह गरिराखेका छौँ ।” उहाँले सरकारले सुनाहा जातिलाई अन्य लोपोन्मुख जातिका रुपमा पहिचान दिनुपर्ने बताउनुभयो ।

बर्दिया र कञ्चनपुरमा मात्रै बसोबास रहेको यो समुदायले पटक पकट जातीय पहिचानका लागि सरकारसँग आग्रह गरे पनि सुनुवाइ नभएको बताउँछन् । “सुनाहा जातिको समूह बनाएर काठमाडौँसम्म पुगेका छौँ सुनुवाइ भएन”, घनश्यामले भन्नुभयो, “काठमाडौँ जान पैसा नभएर सबै प्रतिपरिवार दुई हजार उठाएर काठमाडौँ पुगेर आफ्ना माग राख्यौँ ।”

सुनाहा समुदायका बालबच्चाको शिक्षाका लागि सरकारले व्यवस्था गरिदिनुपर्ने मेघादेवी सुनाहाले बताउनुभयो । “आर्थिक समस्याका कारण हाम्रा छोराछोरीले विद्यालय जान पाएका छैनन्”, उहाँले भन्नुभयो, “विद्यालयमा कक्षा ९ सम्म मात्रै निःशुल्क छ त्यसभन्दा माथि शुल्क लिने गरेका छन ।” उहाँले उच्च शिक्षा अध्ययनका लागि आर्थिक समस्या हुँदा विद्यालय छोडेर रोजगारीका लागि भारतर्फ जाने गरेको बताउनुभयो ।

यो समुदायको प्रमुख आय स्रोतका रुपमा महाकाली नदी रहेको छ । असोज महिनादेखि असारको महिनासम्म नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गर्ने गरेका छन् ।