१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’



अ+ अ-

दाङ। घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मगर समुदायको कला, संस्कृति र वेशभूषालाई व्यावसायिकीकरण गर्न आवश्यक रहेको बताए ।

नेपाल मगर सङ्घ घोराही नगरको आयोजनामा आजदेखि घोराही–१४ झिगाैँरामा सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको उद्घाटन कार्यक्रममा उनले कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउँदै यसको संरक्षण र प्रवर्द्धनमा सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नगरप्रमुख चौधरीले मगर समुदायको आफ्नै मौलिक कला, संस्कृति, भाषा, रहनसहन भएकाले यसलाई संरक्षण र संवर्द्धन गर्दै व्यावसायिक भएर आयआर्जनको माध्यम बनाउन आग्रह गरेका छन् । मातृभाषामा पढाइ सञ्चालन गर्न मगर खाम भाषाको पाठ्यक्रम घोराही उपमहानगरमा तयार भइरहेको जनाउँदै उनले आगामी शैक्षिकसत्रदेखि उक्त मातृभाषामा पठनपाठन सुरु हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफ्नै भाषामा अध्ययन गर्न बालबालिकालाई पनि सहज हुने धारणा राख्दै नगरप्रमुखले यसले शैक्षिक गुणस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् । उनले कुसुण्डा भाषालाई पनि संरक्षण गर्दै यसको प्रवर्द्धन गर्दै जानुपर्नेमा जोड दिए ।

मगर समुदायले पहिलो पटक प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला सञ्चालन गरेको हुँदा यसले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरप्रमुख चौधरीले बताए । आफ्नो संस्कार, संस्कृति र भाषालाई जगेर्ना गर्दै विकास र समृद्धिसँग जोड्नतर्फ सबै एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ छ ।

आजदेखि सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत वेशभूषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टद राखिएका छन् ।

कार्यक्रम उद्घाटन पूर्व मगर समुदायको मौलिक वेशभूषा, बाजागाजासहित शोभायात्रा निकालिएको थियो । मेलाले मगर समुदायको रीतिरिवाज, परम्परालाई जगेर्ना गर्न र यहाँको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास यहाँका मगर समुदायका अगुवाहरूले लिएका छन् ।