६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’

‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’
अ+ अ-

दाङ। घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मगर समुदायको कला, संस्कृति र वेशभूषालाई व्यावसायिकीकरण गर्न आवश्यक रहेको बताए ।

नेपाल मगर सङ्घ घोराही नगरको आयोजनामा आजदेखि घोराही–१४ झिगाैँरामा सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको उद्घाटन कार्यक्रममा उनले कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउँदै यसको संरक्षण र प्रवर्द्धनमा सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नगरप्रमुख चौधरीले मगर समुदायको आफ्नै मौलिक कला, संस्कृति, भाषा, रहनसहन भएकाले यसलाई संरक्षण र संवर्द्धन गर्दै व्यावसायिक भएर आयआर्जनको माध्यम बनाउन आग्रह गरेका छन् । मातृभाषामा पढाइ सञ्चालन गर्न मगर खाम भाषाको पाठ्यक्रम घोराही उपमहानगरमा तयार भइरहेको जनाउँदै उनले आगामी शैक्षिकसत्रदेखि उक्त मातृभाषामा पठनपाठन सुरु हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफ्नै भाषामा अध्ययन गर्न बालबालिकालाई पनि सहज हुने धारणा राख्दै नगरप्रमुखले यसले शैक्षिक गुणस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् । उनले कुसुण्डा भाषालाई पनि संरक्षण गर्दै यसको प्रवर्द्धन गर्दै जानुपर्नेमा जोड दिए ।

मगर समुदायले पहिलो पटक प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला सञ्चालन गरेको हुँदा यसले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरप्रमुख चौधरीले बताए । आफ्नो संस्कार, संस्कृति र भाषालाई जगेर्ना गर्दै विकास र समृद्धिसँग जोड्नतर्फ सबै एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ छ ।

आजदेखि सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत वेशभूषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टद राखिएका छन् ।

कार्यक्रम उद्घाटन पूर्व मगर समुदायको मौलिक वेशभूषा, बाजागाजासहित शोभायात्रा निकालिएको थियो । मेलाले मगर समुदायको रीतिरिवाज, परम्परालाई जगेर्ना गर्न र यहाँको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास यहाँका मगर समुदायका अगुवाहरूले लिएका छन् ।