१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीका पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण



अ+ अ-

बिर्तामोड। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा आक्रमण भएको छ ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट घरतर्फ फर्किदै गर्दा शनिवार साँझ करिव ६ बजे पूर्व–पश्चिम राजमार्गको  कनकाई नगरपालिका –२ जुकेकल्भर्ट भन्ने स्थानमा उहाँमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।

बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ ञ १८७० मा सवार समूहले कुटपिट गरेको हो । कुटपिटबाट पूर्व मुख्यमन्त्री थापा घाइते भएका छन् । उनलाई बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारपछि आफ्नो निवासमा फर्किएका छन्। थापाको  कुटपिटबाट आँखा सुन्निएको र अनुहारमा चोट लागेको छ ।