२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ। नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–३ घर भइ हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ मा बस्दै आएका ३० वर्षीय राजु कार्की रहेका छन्। कार्कीले आफू नेपाली सेनाको अधिकृत रहेको भन्दै पीडितसँग भएका सुनका गरगहना धितो राखेर रकम दिन भनेका थिए। त्यसका लागि उनले आफूसँग भएको जग्गा पीडितको नाममा पास गरिदिन्छु भनेर तीन लाख रुपैयाँ लिए।

तर रकम लगिसकेपछि फिर्ता गर्नेबेला उनी फरार भए। त्यसपछि पीडितले आफू ठगिएको थाहा पाइन्। र प्रहरीकहाँ उजुरी लिएर गइन्। उजुरीपछि काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।