१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ। नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–३ घर भइ हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ मा बस्दै आएका ३० वर्षीय राजु कार्की रहेका छन्। कार्कीले आफू नेपाली सेनाको अधिकृत रहेको भन्दै पीडितसँग भएका सुनका गरगहना धितो राखेर रकम दिन भनेका थिए। त्यसका लागि उनले आफूसँग भएको जग्गा पीडितको नाममा पास गरिदिन्छु भनेर तीन लाख रुपैयाँ लिए।

तर रकम लगिसकेपछि फिर्ता गर्नेबेला उनी फरार भए। त्यसपछि पीडितले आफू ठगिएको थाहा पाइन्। र प्रहरीकहाँ उजुरी लिएर गइन्। उजुरीपछि काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।