६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण

चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण
अ+ अ-

भक्तपुर।  जिल्लाको चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ ।

जिल्लामा पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब सुरु गरेको नगरपालिकाले ‘खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यविधि–२०८१, स्वीकृत गरी परीक्षणको शुल्क निर्धारण गरेको हो । नगरपालिकाले सामुदायिक विद्यालय, नगर अस्पताल र सरकारी स्वास्थ्य संस्थाहरू, नगरपालिकाअन्तर्गतका वडा कार्यालय र अन्य मातहतका कार्यालयहरू र विपन्न नागरिकका लागि खानेपानी परीक्षण निःशुल्क गर्दै अन्य व्यक्ति र निकायलाई शुल्क निर्धारण गरिएको नगरप्रमुख जीवन खत्रीले बताए ।

नगरभित्रका घरका लागि पानी परीक्षण शुल्क प्रतिपटक रु तीन सय तोकेको छ । संस्थागत विद्यालय तथा मन्टेश्वरीका लागि प्रतिपटक रु छ सय ५०, संस्थागत अस्पताल र स्वास्थ्य संस्था तथा अन्य सङ्घसंस्थाहरू, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरू, होटल, जार तथा बोतलको पानी उत्पादन गर्ने कम्पनी तथा अन्य कम्पनीहरू, नगरपालिका क्षेत्रबाहिरका घरका लागि प्रतिपटक रु एक हजार दुई सय ५० निर्धारण गरिएको नगरप्रमुख खत्रीले जानकारी दिए ।

चाँगुनारायण नगरपालिकाको प्रमुख प्रशासकीय भवनमा सुरु गरिएको प्रयोगशालामा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड–२०७९ मा उल्लिखित २७ वटामध्ये धमिलोपन, हाइड्रोजन विभव, विद्युतीय संवाहकता, फलाम, क्लोराइड, अमोनिया, नाइट्रेट, सल्फेट, आर्सेनिक, क्लोरिन अवशेष, कुल कडापन, इकोली, कुल कोलिफमजस्ता आधारभूत पारामितिहरू परीक्षण गर्न सकिनेछ ।

नगरमा सञ्चालित सुरक्षित पानी र उत्थानशील नगरपालिका (सर्वोच्च) परियोजनासँगको साझेदारीमा खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशाला सुरु गरिएको नगरप्रमुख खत्रीले बताए। उनले नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले खानेपानी गुणस्तर जाँच गर्न शुल्क निर्धारणसहित परीक्षण गर्न÷गराउन सुरु गरिएको उनले उल्लेख गरेका छन्।

नगरपालिकाले नेदरल्याण्डको डोपर संस्थासँगको समन्वय तथा लागत साझेदारीका साथै विभिन्न संस्थाको सहयोगमा ल्याब सञ्चालनमा ल्याइएको हो । योसँगै जिल्लामा रहेकामध्ये चाँगुनारायण खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने पहिलो नगर बनेको छ ।

काठमाडौँ उपत्यकाको खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्ने चाँगुनारायण तेस्रो नगरपालिका हो । यसअघि गोदावरी र महालक्ष्मी नगरपालिकाले यस्तो प्रयोगशाला सञ्चालनमा ल्याइसकेका छन् ।