२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा’



फाइल फोटो
अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

सुर्खेतको चौकुने गाउँपालिका–२ लगामस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव कार्यक्रममा आज उनले पूर्वाधार निर्माण नभएकै कारण राजधानी वीरेन्द्रनगरसँग उक्त पालिकाको सहज पहुँच नभएको बताए ।

मुख्यमन्त्री कँडेलले भने “सडक, विद्युत् र सुकुम्बासीको व्यवस्थापन नै यहाँको प्रमुख समस्या हो । यसको समाधानका निम्ति कर्णाली प्रदेशको ध्यानाकर्षण भएको छ ।”

उनले विकास निर्माण सबैको आवश्यकता भएकाले यसमा सबै दल र जनता एकसाथ अगाडि बढ्नुपर्नेमा जोड दिए । एक्लै हिँड्ने प्रचलनले व्यक्तिलाई फाइदा भए पनि समाज विकास नहुने मुख्यमन्त्री कँडेलको जिकिर थियो ।

उनले यहाँका पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका योजना तथा विकास निर्माणको अनुगमन तथा कामको प्रगतिबारे जानकारी लिएका छन्।