९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

माटोको मूर्ति बनाएर जीविकोपार्जन गर्दै राजेन्द्र राम

माटोको मूर्ति बनाएर जीविकोपार्जन गर्दै राजेन्द्र राम
अ अ+ अ-

गोलबजार । सिरहाको सखुवाननकारकट्टी गाउँपालिका–५ इटहर्वाका राजेन्द्र राम बाह्र वर्षको उमेर छँदा माटोको मूर्ति बनाउन थाल्नुभएको हो । हाल उहाँ ६८ वर्षको हुनुभयो । देवी देवताको मूर्ति बनाउन रामले झण्डै चार दशक खर्चिनुभयो । उहाँले आवश्यकताअनुसार अन्य मूर्ति पनि बनाउने गर्नुभएको छ ।

सुरुआतमा मूर्ति बनाएर जीविकोपार्जन गर्न राजेन्द्रको परिवारलाई धौ धौ थियो । पछिल्लो समय भने यसबाट राम्रै आम्दानी गर्न सफल भएको उहाँ बताउनुहुन्छ । “जीवन गुजाराको माध्यम यसैलाई बनाएको छु”, रामले भन्नुभयो । रामलीला तथा भजन कीर्तन मण्डलीसमेत सञ्चालन गर्दैआएका उहाँलाई उक्त क्षेत्रमा नचिन्ने कमै छन् । रामलीला सञ्चालन गर्न उहाँ सिरहा, सप्तरी, धनुषा तथा भारतको विहारसम्म पुग्नुहुन्छ ।

आधुनिक जीवनशैलीमा रमाउन थालेपछि माटोको मूर्ति बनाउनेको सङ्ख्या घट्दै गएको छ । तर रामलाई भने मूर्ति बनाउन भ्याइनभ्याइ छ । “युवापुस्ता माटाको मूर्ति बनाउन इच्छुक देखिदैन”, उहाँले भन्नुभयो ।

हिन्दू परम्परा तथा मिथिलाञ्चलमा मनाइने प्रायःजसो चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग गरिन्छ । चाडपर्वमा माटोबाट निर्मित रङगिविरङ्गी मूर्ति प्रयोग गरिएको छ । विशेषगरी कृष्णाअष्टमी, विश्वकर्मा पूजा, दसैँ, तिहार, छठ, सरस्वती पूजा, जितिया पर्व, गणेश, अनन्तचतुर्दशी, नागपूजा, महायज्ञलगायतमा मूर्ति खपत हुन्छ ।

देविदेवताका मूर्ति बनाउन राम बढी सक्रिय रहनुहुन्छ । उहाँले बुवा मधुलालबाट सो सीप सिक्नुभएको हो । “बुवाकै सङ्गतबाट सबै कुरा सिके”, उहाँले भन्नुभयो, “पहिला मूर्तिको पारश्रमिक न्यून पाइन्थ्यो, अहिले राम्रै आम्दानी हुन्छ ।” बुवाबाट आफुहुँदै उहाँले छोरालाई पनि मूर्ति बनाउने सीप बाँड्नु भएको छ । हाल उहाँका ३५ वर्षीय छोरा शिवराम पनि मूर्ति बनाउनमै सक्रिय हुनुहुन्छ । उहाँले पनि बुवा राजेन्द्रबाट सीप सिकिरहनुभएको छ ।

सबैजसोलाई कोरोना महामारीले प्रभावित पारेपनि राजेन्द्रलाई भने यसबाट खासै असर परेन । मूर्ति बनाउन उहाँलाई कोरोना कहरले पनि छेकेन । “कोरोना सङ्क्रमणका बेला पनि खासै समस्या भएन”, उहाँले भन्नुभयो, “बनाएका मूर्ति सबै बिक्री भए, छ जनाको परिवारको खर्च यसैबाट चलेको छ ।”

अहिले राजेन्द्र अरुबेला भन्दा बढी व्यस्त हुनुहुन्छ । बिहानदेखि रातिसम्म वडादसैँका पूजाका लागि विभिन्न कलात्मक मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । “वर्षमा दुई याम कामको निकै चाप हुन्छ । अहिले नौ ठाउँबाट मूर्ति बनाउन माग भएको छ”, उहाँले भन्नुभयो ।

यसबापत राजेन्द्रले रु आठ लाख ३० हजार पाश्रमिक लिनुभएको छ । सबै खर्च कटाएर रु पाँच लाख जति नाफा हुने उहाँको भनाइ छ । राजेन्द्रले छ जनालाई रोजगारसमेत दिनुभएको छ । उहाँ भन्नुहुन्छ, “यही पेशाबाट गुजारा चलाएको छु, केही रकम जोहो पनि गरेको छु ।”