• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा

खेलमा अनुशासित रुपमा प्रस्तुत हुन प्रधानसेनापतिको निर्देशन



काठमाडौँ । प्रधानसेतापति प्रभुराम शर्माले त्रिभुवन आर्मी क्लबका प्रशिक्षक तथा खेलाडीलाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मर्यादित र अनुशासित रुपमा प्रस्तुत हुन निर्देशन दिनुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उहाँले बढीभन्दा बढी स्वर्ण पदक प्राप्त गर्दै क्लबलाई फेरि पनि टिम च्याम्पियन बनाउन शुभकामना पनि दिनुभयो ।

पोखरामा यही असोज २८ देखि कातिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । उहाँले भन्नुभयो, “जुनसुकै प्रतिस्पर्धामा सहभागी हुँदा पनि सबैभन्दा पहिला म नेपाली सेनाको सदस्य हुँ र त्यसपछि मात्र खेलाडी हुँ भन्ने कुरालाई आत्मसात् गरौँ ।”

सेनाका प्रशिक्षक तथा खेलाडी नागरिक–सैनिक सम्बन्ध विस्तारका सेतु हुन् भन्दै उहाँले सबै खेलाडीलाई आसन्न खेलकुदमा पनि सङ्गठनको गरिमा अभिवृद्धि गर्नेतर्फ सचेत रहन सुझाव दिनुभयो ।

अघिल्लो राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाका त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको थियो । सेनाले खेलकुदको विकासका लागि रु १० करोडको अक्षयकोष खडा गरी त्यसबाट प्राप्त व्याजबाट खेलाडीको क्षमता अभिवृद्धिमा खर्च गर्दै आएको छ । सो अवसरमा प्रतियोगिताको रनिङ ट्रफी प्रदर्शनी गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।