२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट ‘हामी नारी’ गीत विमोचन



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जालदेखि युट्युब च्यानलमा यतिबेला एकपछि अर्को गर्दै रचनाकार देवी पराजुलीका नयाँ गीत आएका छन् ।

ज्योति प्रकाशको सङ्गीतमा नयाँ गीत ‘हामी नारी’ यतिबेला बजारमा आएको छ । यो गीतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा विमोचन गर्नुभयो । उक्त भिडियो ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ ।

देवी पराजुली र राधा महतको प्रस्तुति रहेको यो गीतलाई गायिकाद्वय सत्यकला राई र विन्दु परियारको स्वर रहेको छ । यो नारी जागरणसम्बन्धी राष्ट्रिय गीत निकै माधुर्य बनेको र नृत्यप्रधान यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको बताइएको छ । गोविन्द अञ्जान गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीको निर्देशनमा बनेको भिडियोलाई याम गुरुङले कोरियोग्राफी गरेका छन् ।

भिडियोमा मोडल दिव्यानी वली र अस्मिता पुरीको शीर्ष नृत्य रहेको छ भने उनीहरूसँगै विभिन्न उत्कृष्ट योगदान पु¥याउनुहुने नेपाल सीर्जनशील महिला समूहको अभिनय रहेको छ ।

गीतको भिडियोमा करन चैसिरको छायाङ्कन, प्रकाश धमलाको सम्पादन, सन्तोष पौडेलको ध्वनि मिश्रण रहेको उक्त गीत ‘द म्युजिक इरा’मा रेकर्डिङ गरिएको हो । रासस