५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्व नजिकिएसँगै स्वदेश फर्किने क्रम बढ्दो



अ+ अ-

कैलाली । बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपालीको स्वदेश फर्कने क्रम बढ्दो छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारिका लागि भारतका विभिन्न सहर पसेका चाडपर्व नजिकिएसँगै स्वदेश भित्रिने क्रम बढेको सिमास्थित सशस्त्र प्रहरी पोष्ट भन्सारले जनाएको छ ।

सशस्त्र प्रहरी पोष्टका अनुसार भारतको मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, गोवा, दिल्ली लगायतका विभिन्न सहरबाट शनिबार चार सय दुई, आइतबार तीन सय ५३, सोमबार पाँच सय ४८, मङ्गलबार तीन सय ३८ र बुधबार आठ सय जना नेपाली नेपाल भित्रिएका छन् । चाडपर्व नजिएकोले भारत जाने भन्दा पनि स्वदेश फर्किनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको हो ।

 

लामो समयदेखि भारतको मुम्बईमा रोजगार गर्दै आउनुभएका डोटीको आदर्श गाउँपालिकाका रमेश खड्काले चाडपर्व मनाउँनकै लागि घर फर्केको बताउनुभयो । “दसैँमा परिवारका सदस्यबीच सबै जना एकसाथ भेटघाट हुने र मिठामिठा स्थानीय खानाका परिकार पकाइ खाइ रमाइलो गरी मनाउने गरिन्छ” उहाँले भन्नुभयो, “यसले घर बाहिर लामो समयसम्म एक्लो भएर बस्नु परेको आभाश रमाइलोमै वित्छ ।”

सोही गाउँपालिकाका नरिबहादुर साउदले घरपरिवारसँग लामो समयसम्म भेटघाट पनि नभएकोले बडादसैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट तथा खेतीपाती भित्र्याउन आफू भारतको पञ्चाबबाट आएको सुनाउनुभयो ।

यसरी छिमेकीमूलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् । खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र फुर्सद प्राप्त हुने समयमा घर आउने गरिएको पाइन्छ, भने खेतीपाती नहुने लामो समयको अन्तरालपछि चाडवाड मनाउन घर आउने गरेको पाइन्छ ।

सूदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबाद लगायतका सहरहरुमा जाने गर्दछन् ।