• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए…(फोटो फिचर) ★   बैंगलोरको लगातार दोस्रो जित, २०१ रनको लक्ष्य १६ ओभरमै पछ्यायो ★   सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास ★   आर्सनलले टोटेनहमलाई हरायो ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ

गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई आफ्नो महानता ठान्न थाल्यो: केपी ओली



काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई आफ्नो महानता ठान्ने गरेको बताउनु भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ओलीले उहाँले नागरिकता विधेयकको विषयमा राष्ट्रपतिले पुनर्विचार गर्ने कि भनेर दिएको सन्देशमा पाखुरा बजारेर गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो ‘उहाँहरू (गठबन्धनका नेता) जनतालाई अल्मल्याउन चाहनुहुन्छ । उहाँहरूको मस्तिष्क सिद्धियो कि जस्तो लाग्छ, आजकल मसलबाट सोच्नुहुन्छ । राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो । नगर्ने (दुवै पाखुरामा हात बजार्दै इसारा गर्दै) उहाँहरूको त्यस्तो जवाफ छ । संसदमा आएर होइन अनधिकृत स्थानमा बसेर संविधानले नचिनेका मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो ।’ उहाँले भन्नुभयो ‘गठबन्धनले आफ्नो महानता के ठानेको छ भने अपमान गर्नु । राष्ट्रपतिको अपमान आफ्नो महानता ठानेको छ ।’

कार्यक्रममा ओलीले एक वर्षअघि नै संसदमा आफूले संविधानको धारा १८१ तर्फ सरकारको ध्यान जानुपर्ने बताएको उल्लेख गर्दे सरकारले विधेयक पेस गर्नु अगाडि राष्ट्रपतिसँग परामर्श गरी स्वीकृत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको बताउनु भयो । उहाँले भन्नुभयो गठबन्धनले संविधानको धारा १८१ एकपटक पनि पालना गरेन ।

ओलीले बदनियतका साथ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको बताउनु भयो । उहाँले भन्नुभयो ‘प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको विषय ६ महिनासम्म चुपचाप राखिन्छ ?१ फागुनमा दर्ता भएको महाअभियोग प्रस्ताव १ भदौसम्म बाहिर निकालिएन ?’