४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

अलविदा राजुः हास्यकलाकारले यसरी सबैलाई रुवाएर गए

अलविदा राजुः हास्यकलाकारले यसरी सबैलाई रुवाएर गए
अ+ अ-

एजेन्सी । चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तवको अन्तिम संस्कार गरिएको छ । बिहीबार दिल्लीको निगमबोध श्मशान गृहमा उनको दाहसंस्कार गरिएको हो । उनका भाइले राजुलाई दागबत्ती दिए ।

यस क्रममा उनको परिवारका सदस्य, सुनील पाल, ईशान कुरैशी, मधुर भण्डारकरलगायत धेरै सेलिब्रेटीहरू उपस्थित थिए ।

उनको शवयात्रा आज बिहान ९ः४५ बजे भाइको घर दिल्लीको द्वारका दशरथपुरबाट सुरु भएको थियो । जसमा राजुका फ्यानहरुको पनि ठूलो सहभागिता रहेको थियो ।

डेढ महिनाभन्दा बढी भेन्टिलेटरमा रहेपछि राजुको हिजो बुधबार ५८ वर्षको उमेरमा निधन भएको थियो । अगस्ट १० मा कसरत गर्दागर्दै उनलाई हृदयघात भयो, त्यसपछि उनलाई ४२ दिनसम्म दिल्लीको एम्समा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको अवस्था सामान्य रहेको थियो । तर हिजो अचानक स्वाथ्य बिग्रिएपछि उनी यस संसारबाट विदा भए ।

राजुको अन्तिम दर्शनका लागि आफन्त बाहेक कैयौं, राजनीतिज्ञ र सेलिब्रेटीहरु पनि घर पुगेका थिए । द्वारकाको दशरथपुरमा उनको विदाईको अन्तिम तयारी हिजो साँझदेखि नै भइरहेको थियो ।

राजुको शवयात्रामा ठूलो संख्यामा फ्यानहरुको उपस्थिति रहेको थियो । राजुको शव राखिएको एम्बुलेन्समा ठाउँ–ठाउँमा पुष्पवृष्टि गरिएको थियो । फ्यानहरूले उनलाई भिजेका आँखाले विदाई गरे ।

राजुको शव हिजो द्वारका नजिकैको दशरथपुरी लगिएको थियो । उनका कान्छो भाइ दिपु श्रीवास्तव र दाई सीपी श्रीवास्तव हिजो साँझ दिल्ली पुगेका थिए ।

आफन्तले राजुको स्वास्थ्यमा सुधार हुँदै गएको र २–३ दिनमा भेन्टिलेटर निकाल्ने तयारी गरिएको बताएका थिए भने उनको औषधिको डोज पनि घटाइएको थियो । तर, उनले मृत्युलाई जित्न सकेनन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह तथा अक्षय कुमार, अजय देवगनलगायत फिल्म उद्योगका धेरै ठूला हस्तीहरूले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर राजु श्रीवास्तवको निधनमा शोक व्यक्त गरेका छन् ।

राजु श्रीवास्तव भारतका सबैभन्दा लोकप्रिय र मनपर्ने हास्य कलाकार मध्ये एक थिए। उनले कहिले रियालिटी शोमा उत्कृष्ट प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिए त कहिले फिल्म मार्फत दर्शक हँसाए । राजु सफल सेलिब्रेटी हुन सक्छन्, तर उनको प्रारम्भिक करियर उतार–चढावले भरिएको थियो । कानपुरको एक मध्यमवर्गीय परिवारमा जन्मिएदेखि राजुको सफलताको यात्रालाई यहाँ चर्चा गरौँ ।

राजु श्रीवास्तव कानपुरको एक मध्यमवर्गीय परिवारमा जन्मेका थिए । बाल्यकालमा, उनको नाम सत्य प्रकाश थियो, जो पछि राजु श्रीवास्तव बने । उनका बुबा रमेश चन्द्र श्रीवास्तव सरकारी कर्मचारी थिए र शौकको रूपमा कविता लेख्दथे । बिदाको समयमा उनका बुबा कवि सम्मेलनमा भाग लिन्थे ।

यसर्थ मानिसहरूलाई मनोरञ्जन दिने सीप राजुले बुबाबाट पाएका थिए । सानैदेखि राजुले घरमा आएका पाहुनाको अगाडि नक्कल गर्ने गर्थे भने विद्यालयमा शिक्षकको नक्कल गरेर अरुलाई धेरै हँसाउने गर्थे । धेरै शिक्षकले उनलाई नराम्रो बोलेर सजाय दिने गर्थे तर एक जना शिक्षकले उनलाई हौसला दिएर कमेडीमा करियर बनाउन सल्लाह दिए ।

राजुले बाल्यकाल देखि नै अभिनय र कमेडीमा आफ्नो भविष्य देखेका थिए । जसको लागि उनी १९८२ मा लखनउ छोडेर सपनाहरु को शहर, मुम्बई गए । यहाँ बस्नलाई घर थिएन, खानलाई पैसा थिएन । घरबाट पठाएको पैसा कम हुन थालेपछि राजु अटो चालक बने । मुम्बईमा राजुले करिब ४–५ वर्ष संघर्ष गर्नुपरेको थियो ।

एक दिन एक सवारीले राजुको शैलीबाट प्रभावित भएर उनलाई स्टेज प्रस्तुति दिन आग्रह गरे । राजु राजी भए र प्रस्तुति दिए, जसको लागि मात्र ५० रुपैयाँ प्राप्त भयो । त्यसपछि राजुले लगातार स्टेज शो गर्न थाले । राजु श्रीवास्तव स्टेज शो गर्दा अमिताभ बच्चनको नक्कल गर्थे । यहीँबाट मानिसहरूले उनको लुकलाई अमिताभ बच्चनसँग तुलना गर्न थाले ।

स्टेज शो गर्दा फिल्मी उद्योगका मान्छेसँग उनको चिनजान बढ्दै गयो, त्यसपछि राजुले फिल्ममा स–साना भूमिका पाउन थाले । राजु पहिलो पटक सन् १९८८ मा फिल्म ‘तेजाब’मा देखा परेका थिए । त्यसपछि उनले करिब १९ चलचित्रमा अभिनय गरे ।

राजु श्रीवास्तव पहिलो पटक १९९४ को शो ‘टी टाइम मनोरञ्जन’मा देखा परेका थिए । त्यसपछि उनले ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’को पहिलो सिजनमा भाग लिए । यस शोमा राजुले तेस्रो स्थान हासिल गरे जसले उनलाई देशैभर चिनाएको थियो ।

राजुले १९९३ मा शिखासँग विवाह गरेका थिए भने उनीहरुका दुई सन्तान अन्तरा र आयुष्मान छन् । यस्तै, उनका एक बहिनी र ५ ​​दाजुभाई छन् ।