• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

राष्ट्रपतिविरुद्ध सत्ता निकट विद्यार्थी संगठनको प्रदर्शन(भिडियोसहित)



काठमाडौं । गठबन्धनमा आवद्ध दलका युवा संगठनहरूले राष्ट्रपति विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दलका निकट विद्यार्थी संगठनहरूले आज बिहान माइतीघरमा प्रदर्शन गरेका हुन्।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर गैरसंवैधानिक कदम चालेको संयुक्त युवा संगठनको बुधबारको बैठकले ठहर गरेको थियो ।

राष्ट्रपति भण्डारीले दुबै सदनबाट दुई दुई पटक सम्म पास गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि अहिले विरोध भइरहेको छ ।