काठमाडौं । बुढानिलण्ठ नगरपालिका-११, कपन राम मन्दिर चोकमा रहेको टंक घिसिङको घरमा ठूलो विस्फोटसहित आगलागी भएको छ ।
स्थानीय बासिन्दा समेत रहनु भएका पत्रकार गजेन्द्र बुढाथोकीका अनुसार धेरै पटक विस्फोटको आवाज सुनिएकाे थियो ।
पत्रकार बुढाथोकीले सामाजिक सञ्जालमा लेख्नु भएको छ ‘ड्याम्म गरेर पड्कियो, घरै थरर गरेर हल्लियो। छरछिमेकमा के भयो कुन्नि ? मुटु नै चिसो भयो।’
प्रहरीको प्रारम्भिक विवरणमा उक्त घटनामा परेर तीन जनाको मृत्यु भएको उल्लेख छ । ट्रेकिङ व्यवसायीको गोदामघरमा आगलागी भएको बताइएको छ । आगलागीबाट हिमाल आरोहणमा प्रयोग हुने अक्सिजन सिलिन्डरहरू पड्किएको अनुमान गरिएको छ ।
अहिले आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ । क्षतिको विवरण आउन बाँकी छ ।
फोटो- गजेन्द्र बुढाथोकीकाे ट्वीटबाट